काठमाडौैं जेसिजमा पहिलो पटक महिला अध्यक्ष, ईनु थापाले गर्ने भइन् नेतृत्व
कपन अनलाइन
काठमाडौं मंसिर २८ ।
काठमाडौैं जेसिजको ४८ औं अध्यक्षमा पहिलो पटक महिला निर्वाचित भएकी छन् । संस्थाको सन् १९७० मा स्थापित काठमाडौ जेसिजको ३५ औं शाखा अधिबेसन तथा ४७ औं बार्षिक साधारण सभाबाट जेसीआई सेनेटर ईनु थापा सर्बसम्मत रुपमा निर्बाचित भएकी हुन् ।
काठमाडौैं जेसिजमा थापाको नेतृत्वको संचालक समितिमा तीन जना कार्यकारी उपाध्यक्ष बिबश कर्माचार्य, भुवनकुमार श्रेष्ठ, मुकुन्द दाहाल, महासचिबमा कैलाश श्रेष्ठ, कोषाध्यक्षमा अनुप सुनुवार, सह सचिबमा रफी भण्डारी, सह कोषाध्यक्षमा प्रनिल थापा तथा ६ जना उपाध्यक्षमा एन्जिला खड्का, रोजी अधिकारी, शोभा बस्नेत सिंह, होमराज श्रेष्ठ, प्रकाश श्रेष्ठ, रबिन कुमार महर्जन सर्बसम्मत निर्बाचित भएको निर्बाचन अधिकृत गणेश पौडेलले जानकारी दिएका छन् ।
सकारात्मक परिबर्तनका लागि मैत्री भाव, सामाजिक दायीत्व र नेतृत्व क्षमता बिकासका लागि १८ देखि ४० बर्षका युवालाई अवसर प्रदान गर्ने जेसिजले ४ अवसर क्षेत्र (व्यक्तिगत अवशर, सामुदायीक अवसर,अन्तराष्ट्रिय अवसर तथा ब्यबसायीक अवसर) मा कार्य गर्ने गरेको छ ।
काठमाडौँ जेसिजको बिधान अनुसार जनवरी महिनाको पहिलो साता भित्र हुने पदस्थापन समारोहमा कानुनी सल्लाहकार नियुक्त भए पछि संचालक समीतिले पूर्णता पाउने जानकारी अध्यक्ष थापाले दिइन् ।