२०१९ शालको निर्वाचनको धरौटी ५० रुपैयाँ थियो
कपन अनलाइन
काठमाडौ,मंगसिर २०
२०१९ मा भएको अञ्चल पञ्चायतको निर्वाचन आयोगले गराएको यो पहिलो निर्वाचनमा उम्मेदवारले ५० रुपैयाँ धरौटी राख्नुपर्ने व्यवस्था थियो भने उम्मेदवारले चाहेको निर्वाचन चिह्न उपलब्ध गराउने व्यवस्था पनि थियो ।
२०३२ मा गाउँ, नगर र जिल्ला पञ्चायतको छुट्टाछुट्टै निर्वाचन भएका थिए । यो निर्वाचनमा अप्रत्यक्ष निर्वाचन पद्धति अपनाई जनप्रतिधि छनोट गर्ने व्यवस्था गरिएको थियो । २०३९ नेपालभर रहेका चार हजार २२ गाउँ र २९ नगर पञ्चायतसहित जिल्ला पञ्चायतको निर्वाचन भएको थियो । २०४३ चैतमा गाउँ र नगर पञ्चायतको निर्वाचन भएको थियो ।
२०४६ को आन्दोलनपछि चार हजार १५ गाउँ पञ्चायतलाई परिवर्तन गरी तीन हजार नौ सय ९५ गाउँ विकास समिति बनाइएको थियो । ३३ नगरलाई नगरपालिका कायम गरिएको थियो ।
तपाइँको प्रतिक्रिया ।