निर्वाचनमा महिला प्रतिनिधित्व २०१५ को ०.९२ बाट बढेर २०७० मा २९.९ प्रतिसत पुग्यो
कपन अनलाइन
काठमाडौ,मंगसिर २०।
२० १५ सालको निर्वाचनमा महिला प्रतिनिधित्व जम्मा ०.९२ % रहेको थियो हाल २०७० मा त्यो प्रतिशत बढेर २९.९ % भएको छ।
२०१५ सालको पहिलो आम निर्वाचनमा गणेशमान सिंह क्षेत्र नं १ काठमाडौंबाट उम्मेदवार बनेका थिए । राणा शासनका विरुद्ध ज्यानको बाजी लगाएर लामो संघर्ष गरेका सिंह २००७ सालपछि पटक–पटक मन्त्री पनि भइसकेका थिए।
२०१५ सालको प्रथम प्रतिनिधि सभाको निर्वाचनमा १०५ स्थानका लागि १५ जना महिला उम्मेदवार भएकोमा एकजना मात्र द्वारिकादेवी ठकुरानी निर्वाचित भई नेपालको इतिहासमा पहिलो महिला मन्त्री भइन् ।
वि.सं. २०१६ को पहिलो आम निर्वाचनमा ६ जना महिला उम्मेदवार उठेकामा सबै जनाले हार बेहोर्न पर्यो।वि.सं. २०१५ मा वीपी कोइरालाको मन्त्रिपरिषदमा द्वारिकादेवी ठकुरानी सहायक मन्त्रीका रुपमा नियुक्त भएकी थिइन् । यो नै नेपालको मन्त्रिपरिषदमा महिलाको प्रतिनिधित्वको शुरुवात थियो ।
विसं २०१५ मा नौवटा राजनीतिक दलले निर्वाचनमा भाग लिएका थिए।२०१५ सालको पहिलो संसदीय आम निर्वाचन २०१५ फागुन सातमा सुरू भई २०१६ साल वैशाख १८ गते अन्तिम दिनको मतदान भएको थियो झण्डै ७० दिन लागेको थियो।