चपली बम बिस्फोटमा संलग्न रहेको आशंकामा ३२ पक्राउ
कपन अनलाइन
काठमाडौ,मंगसिर १८ ।
नेपाली कांग्रेसका काठमाडौं क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य उमेदवार गगन थापालाई लक्षित गरी गराइएको बम विष्फोटमा संलग्न रहेको आशंकामा प्रहरीले ३२ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरु विप्लव माओवादीका कार्यकर्ता रहेको प्रहरीले जनाएको छ ।
सोमबार बिहान काठमाडौंको चपलीमा थापालाई लक्षित गरी गराइएको विष्फोटमा विप्लव माओवादीको हात रहेको आशंकामा प्रहरीले उपत्यकाका विभिन्न स्थानबाट ३२ जनालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी रविन्द्र धानुकले बताए ।
उनका अनुसार काठमाडौंको चपली र बालाजुबाट गरी विप्लव माओवादीका ३२ कार्यकर्ता पक्राउ परेका छन् । उनीहरुलाई प्रहरीले हिरासतमा राखि अनुसन्धान अघि बढाएको छ ।
तपाइँको प्रतिक्रिया ।