बम विस्फोटमा घाइते गगन थापाको उपचार हुदै ,उनलाई भेट्न डा. राजन भट्टराई अस्पतालमा

बम विस्फोटमा घाइते गगन थापाको उपचार हुदै ,उनलाई भेट्न डा. राजन भट्टराई अस्पतालमा

कपन अनलाइन 

काठमाडौ,मंगसिर १८

बुढानिलकण्ठ नगरपालिका वडा नं २ महादेव कोलोनीमा घर दैलोको क्रममा रहेका नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ४ मा प्रतिनिधि सभा उम्मेदवार गगन कुमार थापा बम विस्फोटमा परि घाइते भएका छन ।कान र ढाड मा चोट लागेका उनको अहिले त्रिवी शिक्षण अस्पतालमा उपचार भैरहेको छ ।सो बिस्फोटमा परि थापा संगै हिडिरहेका अन्य सहयोगी भने घाइते भएका छन ।विस्फोटमा परेका केहीको अवस्था गम्भीर रहेको छ ।

यदि थापा फटा फट नहिडेको भए उनि मुख्य विस्फोटमा पर्ने उनि संगै रहेका एक प्रत्यक्ष दर्शीले कपन अनलाइनलाई बताए ।केहि दिन अगाडी पनि बुनपा २ मा रहेको प्रधान मन्त्रि शेर बहादुर देउवाको निजि निवास नजिक बम विस्फोट भएको थियो।

यसै क्रममा थापालाई भेट्न बाम गत बन्धनका तर्फ बाट काठमाडौं क्षेत्र नं ४ मा प्रतिनिधि सभाका उम्मेदवार डा. राजन भट्टराई त्रिवी शिक्षण अस्पताल पुगेर सिघ्र स्वास्थ्य लाभको कामना गरेका छन ।

तपाइँको प्रतिक्रिया ।