कामपा वडा नं ६ सरस्वतीनगरमा अम्बिका बस्नेत र छिरिंग दोर्जे लामाको घर दैलो
कपन अनलाइन
काठमाडौं,मंसिर १२।
नेपाली कांग्रेसका तर्फ बाट काठमाडौं क्षेत्र नं ३ का लागि प्रतिनिधि सभा उम्मेदवार अम्बिका बस्नेत सहित काठमाडौँ क्षेत्र नं ३ प्रदेश सभा (१ ) का उमेद्वार छिरिंग दोर्जे लामा, समानुपातिक उम्मेदवारहरु रामलाल श्रेष्ठ, गोबिन्द पुडासैनी लगायतले कामपा वडा नं ६ सरस्वतीनगर, शान्ति नगर आसपासको क्षेत्रमा आज बिहान मंसिर १६ गते शनिबार घर दैलो कार्यक्रम संम्पन्न गरेका छन ।
बिहान निराग पार्टी प्यालेस भृकुटी चोक बाट सुरु भएको उक्त घरदैलो कार्यक्रम का.म.पा वडा नं ६ सरस्वतीनगर, शान्ति नगर आसपासको वडाका बिभिन्न टोल घुमेको थियो । घरदैलो गोकर्णेश्वर नगरपालिकाका प्रमुख सल्लहाकार दिपक रिसाल,नेपाली कामपा वडा नं ६ का वडा अध्यक्ष दिपेन्द्र लामा , का म पा ६ बौद्धका नेपाली कांग्रेस प्रचार प्रसार संयोजक भुवन लामा, सचिव अजिप लामा ,प्रचार प्रसार समितिका बिबेक लामा नेपाल बिद्यार्थी संघका रितेश तामांग , गोकर्णे श्वर नगरपालिकावडा ९ का अध्यक्ष राजिब थापा , कुमार राज सुबेदी, हरिबोल भण्डारी ,महाधिबेसन प्रतिनिधि राजु सुनार , परशुराम पोख्रेल,गायत्री पुडासैनी, लगायत थुप्रै स्थानीय काग्रेसका नेता तथा कार्यकर्ताहरु र बुद्दिजीवीहरु सहभागी भएका थिए । उक्त घरदैलोमा पन्चे बाजा सहित झण्डा बोकेका उल्लेख्य मात्रामा नेपाली कांग्रेसका समर्थक कार्यकर्ता र स्थानीय सहभागी भएका थिए । मतदाताहरुलाई मत हाल्न सिकाउदै पर्चा दिदै नेपाली काग्रेसको पक्षमा नारा लगाउदै टोल टोल घुमेका थिए ।
उक्त घरदैलोको क्रममा स्थानीयहरुले माला. टिका र खादाले उम्मेदवारहरुलाई स्वागत गर्दै जितको शुभकामना र आशिर्बाद दिएका थिए भने काठमाडौं क्षेत्र नं ३ का लागि प्रतिनिधि सभा उम्मेदवार अम्बिका बस्नेतले स्थानीय संग लोकतन्त्र को रक्षाको लागि जारि भएको संबिधान कार्यन्वयन सहित आर्थिक सम्वृद्धि र बिकासको लागि मत र आशिर्बाद मागेकी थिइन ।
सोहि घरदैलोको क्रममा काठमाडौं क्षेत्र नं ३ प्रदेस क्षेत्र १ बाट उम्मेदवार छिरिंग दोर्जे लामाले आफु स्थानीय युवा भएको हुनाले स्थानीय क्षेत्रको बिकास गर्दै जाने बताउदै उनले अब देश बिकास युवाले गर्ने भन्दै उनले यहा भएका धार्मिक सास्कृतिक सम्पदाहरुको संरक्षण गर्ने खेलकुदका साथै शैक्षिक र आर्थिक समृद्दीको लागि युवा स्वरोजगार कार्यक्रम मार्फत युवाहरुलाई अधिकतम रोजगारी सृजना गरि विदेश पलायन हुन बाट रोकी स्वदेशमा नै रोजगारी सिर्जना गरि जीवनस्तर उकास्न भूमिका खेल्ने भन्दै मत मागेका थिए ।
बिहान देखि चुनाबी प्रचारमा लागेका उम्मेदवारहरुलाई टोल टोलमा पुग्दा स्थानीय मतदाताहरुले फुल दोसल्लाले स्वागत गरेका थिए । मतदाताहरुको घर घरमा भोट माग्न ब्यस्त रहेका उम्मेदवारहरुलाई स्थानीयले भोट दिने आस्वासन सहित सगुन खुवाउदै पठाएका थिए। आफनो घर सम्मै आइपुगेका उम्मेदवारहरुलाई स्थानीयले मत हाल्ने आस्वासन समेत दिएका थिए ।
उनीहरुले स्थानीय संग मत माग्दै आफ्नो प्रतिबद्दता पत्र र आफ्ना योजना समेटिएको पर्चा पनि दिएका थिए ।