प्रभावकारी भएन मतदाता शिक्षा

कपन अनलाइन

काठमाडौ,मंगसिर १५

ग्र्वारग्वार्ती दैनिकजसो भोट माग्न आउँछन्, तर कसरी भोट हाल्ने कोही कसैले पनि सिकाएका छैनन् ।

चारवटा मतपत्रमा मत दिनुपर्छ भन्ने सुनेको छु तर कसरी हो थाहा छैन’ यो भनाइ हो ललितपुर महानगरपालिका–२१ का मतदाता मैया महर्जनको । दैनिकजसो मत माग्न आउनेले मत दिने तरिका र शैलीका विषयमा कुनै पनि उम्मेदवारले जानकारी नदिएको भन्दै उनि  कसले सिकाइदेला भन्ने खोजीमा छन  ।

यस्तै भनाइ छ काठमाडौँ निर्वाचन क्षेत्र नं ६ का मतदाता रामशंकर कार्कीको पनि । बुढेसकाल लाग्यो बाबु, भोट माग्न त दैनिकजसो यही बाटो भएर विभिन्न दलका नेता, कार्यकर्ता जुलुश निकाल्छन्, चुनावी अभियानमा छन् । तर लौ है भोट त यसरी हाल्ने हो भनेर कोही कसैले पनि सिकाएका छैनन्, उनले भने  ।

शिक्षित व्यक्तिहरुले समेत मत हाल्ने विषयमा जानकारी राखेका छैनन् । ग्रामीण आदर्श क्याम्पस नेपालटारमा स्नातक तह दोस्रो वर्षमा अध्ययनरत तारकेस्वर नगरपालिका–३ का मतदाता चम्पा शर्मालाई पनि मत कसरी दिने होला भन्ने विषयमा जानकारी छैन ।

“मतदान गर्ने दिनसम्म त केही न केही जानकारी होला नि” उहाँले भन्नुभयो । दैनिकजसो मत माग्न पुग्ने उम्मेदवारले लौ है हामीलाई मत दिनु होला, हामी विकास निर्माण पनि गर्छौं, तपाईका सपना पनि पूरा गर्छौं भनेर मत माग्ने गरेका छन् तर कोही कसैले पनि मतदानको प्रक्रियाका बारेमा सिकाएका छैनन् ।

उम्मेदवार, राजनीतिक दल, तिनका नेता तथा कार्यकर्ताले मतदानको विविधका बारेमा जानकारी दिनुपर्ने दायित्व पनि लिएका छन् । तर मतदाताको कुरा सुन्ने हो भने उम्मेदवार र राजनीतिक दल स्वयंले भने यसतर्फ ध्यान दिएका छैनन् ।

तपाइँको प्रतिक्रिया ।