बुढानिलकण्ठ ११ मा विवेकशील साझाकी सुबुना बस्नेतको अन्तरक्रिया

बुढानिलकण्ठ ११ मा विवेकशील साझाकी सुबुना बस्नेतको अन्तरक्रिया

कपन अनलाइन

काठमाडौँ,मंगसिर ३ ।

बुढानिलकण्ठ नगरपालिका वडा नं ११ जगडोल भन्ज्यांगमा आज बिहान  जगडोल रेसिडेन्ट  ग्रुपको आयोजनामा आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन  विवेकशील साझा पार्टी काठमाडौँ क्षेत्र नं ४ का प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य उम्मेदवार परिचय तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।

उक्त कार्यक्रमको सभाध्यक्षता जगडोल रेसिडेन्ट ग्रुपका अध्यक्ष राजेश पौडेल ले गरेका थिए । कार्यक्रममा विवेकशील साझा पार्टी काठमाडौँ क्षेत्र नं ४ प्रतिनिधि सभा सदस्य उम्मेदवार सुबुना बस्नेत त्यस्तै गरि प्रदेश ख बाट प्रत्यक्ष तर्फका उम्मेदवार मधुसुदन कार्की उपस्थीत भएका थिए ।

कार्यक्रम संचालन श्यामराजा गौतम (यसराज) ले गरेके थिए उनले उपस्थित सबैलाई जगडोल को बारेमा जानकारी दिदै जगडोल भूगोलमा सानो भए पनि जगडोल मिठो पनि भएको र पिरो पनि भएको जानकारी दिएका थिए उनले जगडोल सानो भए पनि जगडोल वासी हरु एक भएको संक्षिप्त जानकारी दिएका थिए ।

सो अन्तरक्रिया कार्यक्रममा बोल्दै विवेकशील साझा पार्टी काठमाडौँ क्षेत्र नं ४ प्रतिनिधि सभा सदस्य उम्मेदवार सुबुना बस्नेतले जगडोल ले धेरै दल हेरिसकेको र जुन हिसाबले जगडोल को बिकास हुन पर्ने हो त्यो हुन नसकेको बताउदै  देशमा ब्याप्त भएको भ्रस्टाचार को कारणले गर्दा सबै क्षेत्रमा त्यसको असर परेको बताउदै विवेकशील साझा पार्टीको उदेश्य र यसले गर्दै आइरहेको सामाजिक कामको बारेमा जानकारी दिएकी थिइन।

उनले आफ्नो लक्ष्य भनेको नै भ्रस्टाचार उन्मुलन सहित सुशासन कायम गरि बिकास निर्माणमा लाग्ने बताएकी थिइन । उनले देशमा प्रचुर सम्भावना भएको र त्यो सम्भावाना लाइ यथर्थामा बदल्नको  युवाको नेतृत्व आवश्यक रहेको भन्दै उनले  छुटै बैकल्पिक राजनैतिक  शक्तिको रुपमा विवेकशील साझा पार्टीको चुनाब चिन्ह तराजु लिएर आएको बताएकी थिईन उनले मतदाताहरुलाई विवेकशील साझा पार्टीको चुनाब चिन्ह तराजुमा मतदान गरि अत्याधिक बहुमतले जिताउन समेत अनुरोध गरेकी थिइन ।

उक्त अन्तरक्रिया कार्यक्रममा विवेकशील साझा पार्टीका  प्रदेश २  बाट प्रत्यक्ष तर्फका उम्मेदवार मधुसुदन कार्कीले देशमा बिध्यमान राजनैतिक दलको बिचमा विवेकशील साझा पार्टीको आवश्यकता र महत्वको बारमा चर्चा गर्दै उनले आफु स्थानीय भएको यहीको ढुंगा माटो संग खेल्दै हुर्किएकोले यस क्षेत्रसंग आफ्नो भावानात्मंक सम्बन्ध रहेको बताएका थिए ।

उनले बिकास निर्माणमा भएको ढिलाई अपारदर्शिताले गर्दा जनताले दुख पाएको भन्दै त्यो परिस्थिति बदल्नको लागि र विदेश गएका छोरा छोरि पनि फर्किएर आफ्नै देशमा रोजागर हुने अवस्था सिर्जना गर्नको लागि पनि आफुले उम्मेद्वारी दिएको भन्दै सबैलाई  विवेकशील साझा पार्टीको चुनाब चिन्ह तराजुमा मतदान गर्न अनुरोध गरेका थिए ।

उक्त कार्यक्रममा स्थानीय राममणि पौडेलले विवेकशील साझा पार्टीको बारेमा कबिता सुनाएका थिए। त्यस्तैगरी सोहि कार्यक्रममा स्थानीयहरुली आफ्नो मनमा लागेका प्रश्नहरु सोधेका थिए । विवेकशील साझा पार्टीको चुनाब प्रचार प्रसारको लागि सहयोग गर्न सहयोग पेटिका समेत राखिएको थियो ।

तपाइँको प्रतिक्रिया ।