सडक चुनाव र राजनीति
कपन अनलाइन
काठमाडौ,मंग्सिर २
केहि दिन देखि काठमाडौं क्षेत्र नं ४ मा रहेको साविक कपन जुन अहिले बुढानिलकण्ठ नगरपालिका वडा नं १०,११ र १२ पर्दछ त्यहा सडक निर्माण र सुधारको काम भै रहेको छ ।नियमित रुपमा समय तालिका अनुसार उक्त कार्य भएको भएता पनि केहि कारणले गर्दा अहिले सडकको चर्चा तातेको छ जसले सडक , चिया पसल ,राजनीतिक कार्यक्रम र नागरिकहरुको अनौपचारिक गफ समेत तताएको छ ।
यो प्रसंग जोड्दै गर्दा केहि दृश्य सम्झनु पर्ने हुन्छ जसको दृश्य एकमा कुनै राजनीतिक दलका कार्यकर्ताहरु डोजर र रोलर वरिपरी बसेर कामको निर्देशन दिइरहेका छन । त्यस्तै दोश्रो दृश्यमा जनप्रतिनिधिहरु रातीको समयमा सोहि डोजर र रोलर वरपर बसेका छन र कामको अनुगमन गर्दै निर्देशन दिइरहेका छन । तेश्रो दृश्यमा सोहि सडक सुधारको काममा संलग्नतालाई लिएर सामाजिक संजालमा स्टाटसको दोहोरी खेली रहेका छन ।
यो सबै दृश्य हेर्दा अहिले सडक सम्म चुनावको रौनक आएको महसुस जो सुकैले गर्न सक्ने अवस्था आएको छ ।जसरी अहिले चर्चा परिचर्चा ,दावी ,विरोध र आरोप प्रत्यारोप भैरहेको छ जुन निर्वाचन सन्नीकटमा नभएको भए हुदैनथ्यो होला भन्ने अनुमान गर्न सकिन्छ ।
यहाँ लामो समय देखि निर्माणाधीन रहेका सडकको कारणले दुख भोगेका जानताको निकै चासो र सरोकार रहेकोले पनि निर्वाचन लडिरहेका राजनीतिक दल र तिनका कार्यकर्ताले चुनावको मुखमा सक्रियता देखाउनु कुनै नौलो कुरा होइन तर पनि एउटा काममा सबैले दावी गर्ने र त्यहि कामको सवालमा सामाजिक संजालमा सवाल जवाफ हुदा यस विषयले धेरैको ध्यान खिचेको छ ।
काठमाडौं क्षेत्र नं ४ को उत्तरी क्षेत्रमा अहिले धेरै वा भनौ लगभग सबै सडकहरुको विस्तार ,मर्मत ,सुधार र निर्माण भैरहेको छ ।एकै पटक सबै तिर काम हुदा आवत जावतमा निकै समस्या पर्दै आएको छ जसको मार भोगेका यस क्षेत्रका जनता अहिले राजनीतिक दलका प्रतिनिधिहरु विच भैरहेको जस लिने कुराको ताना तानlलाई रोचक घटना मानेर हेरिरहेका छन ।
यस क्षेत्रमा अहिले निम्न सडकहरुको निर्माण सुरु भएको छ ।
१. गोपीकृष्ण हल सरस्वतीनगर भृकुटी चोक सडक
लागत सात करोड ४५ लाख ५५ हजार ७५० रुपैँया
२. सरस्वती मार्ग ज्योती बैँक साततले सडक मंसिरमा सम्पन्न हुने
- लागत एक १ करोड ८४ लाख चार हजार दुई सय दुई रुपैँया
३. साततले भण्डारी गार्मेन्ट आकाशेधारा वालुवाखानी सुन्दरबस्ति सडक
- लागत २८ करोड आठ लाख ६९ हजार एक सय ३० रुपैँया
४. आकाशेधारा राम मन्दिर कृष्ण मन्दिर सडक
- लागत नौ करोड ३२ लाख १६ हजार आठ सय २९ रुपैँया
५. साततले मिलन चोक आनिगुम्बा ढल सहितको सडक निर्माण प्रक्रिया शुरु
- लागत अर्थ मन्त्रालयबाट १३ करोड स्वीकृत
६. महाँकाल भृकुटीचोक तेन्जिङ चोक फैंका आनिगुम्बा कृष्ण मन्दिर चुनिखेल चपली बुढानिलकण्ठ सडक
- लागत ५७ करोड
७. कपन कृष्ण मन्दिर चुनिखेल पौराणिक मार्ग
- रकम थप गर्न पहल गरि १ करोडमा सो सडकको काम सम्पन्न
८. आनि गुम्बा कृष्ण मन्दिर उकालो ढलान
- एक करोड लागतमा बनेको सडक निर्माण सम्पन्न
९. कपन खरिबोट पैयुँटार शहिद पार्क सडक
- १ करोड लागतको निर्माण सम्पन्न
१०. साप्रेढुङ्गा च्यानेखोला चुनिखेल सडक
- करिव १ करोड लागतको सडकका काम सम्पन्न
११. बगलामुखी कपनटार जंगलादेवी सडक
- करिब ५० लाख लागतको सडक निर्माण कार्य सम्पन्न
१२. पञ्चकन्या चोक वासिकु वंदेली गिरिजा प्रसाद स्मृति शान्ति पार्क हुँदै तारेभिर सडक
- अर्थ मन्त्रालयबाट २१ करोड रकम स्वीकृत
१३. कृष्ण मन्दिर प्रहरी गण दारेगौँडा शहिद पार्क सडक
- बिस्तारको क्रममा
१४. धोबिखोला कोरिडोर पाथिभरा देखि च्यानेखोला पुल सम्मको
- सडक बिस्तार हुदै
माथि उल्लेख भएका मुख्य सडक बाहेक स्थानीय रुपमा साना सडकहरु पनि मर्मत ,विस्तार र निर्माण हुदै आएका छन ।
नेपाल सरकारका विभिन्न निकाय र कार्यालय बाट रकम विनियोजन भएर यी आयोजनाहरु संचालन भैरहेका छन ।तर निर्वाचनको मुखमा अहिले यो आयोजनाको सवामित्व लिन राजनीतिक दलहरु विच तछाड मछाड भएको छ जुन राजनीतिक रुपमा एकदम स्वाभाविक घटना मान्न सकिन्छ ।
अहिले जे जस्तो बहस सृजना भए पनि यो सडक नेपाल सरकारको योजना अन्तर्गत टेन्डर भएर ठेकेदार मार्फत नियमित प्रक्रितामा भएको बताउछन नेपाली कांग्रेसका स्थानीय नेता न्युछे नारायण श्रेष्ठ ।यहाँ जो जसले स्वामित्व लिन खोजे पनि सडक निर्माण गर्नु पर्ने र यसमा जनप्रतिनिधिले अनुगमन गर्ने र राजनीतिक दलले जस लिन खोज्नु स्वाभाविक भएको उनको धारणा छ ।
अहिले भैरहेका कामहरुमा कसको पहल र सक्रियता रहयो त्यसको दावी प्रचार सालिन र राजनीतिक रुपमा जनतालाई बताउनु पर्ने उनले बताए ।यस क्षेत्रको सडक सुधारको काममा प्रत्यक्ष परोक्ष रुपमा जोडिएका श्रेष्ठले यहाको सडक निर्माण पहिलो र मुख्य काम रहेको बताए ।
त्यस्तै पछिल्लो घटनाक्रम नजिक बाट नियाली रहेका बुढानिलकण्ठ नगरपालिका वडा नं १० का अध्यक्ष नवराज भट्टराईले आफ्नो र अरुको वडामा भएका सडक र अन्य निर्माणको कामको अनुगमन गर्ने दायित्व जनप्रतिनिधिको रहेकोले रात विरात् नभनी काम गरेको बताए ।नेपाल सरकारले विनियोजन गरेको रकम जनताको हितमा सहि रुपले प्रयोग होस् भनेर नियमित अनुगमन र निरीक्षण गरेको उनको भनाइ छ ।
चुनावको मुखमा सक्रियता बढाएको हो कि भन्ने कपन अनलाइनको प्रश्नमा भट्टराईले त्यो नभएको बताए किनकी यी सडकहरुको काम पहिला देखि नै भएको र केहि १/२ महिनामा सम्पन्न हुने अवस्थामा रहेको साथै केहि सडकहरु सम्पन्न हुन् केहि वर्ष लाग्ने उनको भनाइ थियो ।
आफ्नो अहिले सम्मको कार्यकालमा सबै भन्दा बढी सडकको गुनासो सुनेका भट्टराई यहाँ को सडक सुधार कुनै एउटा राजनीतिक दलको मात्र सरोकार नभएको बताउछन । यो सबैको सामुहिक पहल ,चासो र चिन्ता अनि सक्रियता बाट भएको उनको भनाइ छ ।
राजनीतिक दलका नेता ,कार्यकर्ताहरुले जे जस्ता तर्क र प्रमाण दिए पनि अहिले यस क्षेत्रका जनताहरुले छिटो भन्दा छिटो सडकको कारणले भोगेको समस्या बाट मुक्ति चाहेको एक स्थानीयले बताए ।सबै राजनीतिक दल ,उम्मेदवार , नेता र जनप्रतिनिधीले नेपाल सरकारको बजेटमा आफुले पहल गरेर ल्याएको भन्न पाउने र त्यो स्वाभाविक भएको उनको भनाइ थियो ।
झन् अहिले त् चुनाव लागेको छ हाम्रो चुल्होको ग्यास देखि कार्यक्रम गर्ने मंचको ड्यास सम्ममा आफ्नो योगदान रहेको भन्न सबै राजनीतिक दलले पाउने भन्दै उनले व्यंग्य गरे ।यस्तै रहेछ यहाँको चलन सडक ,चुनाव र राजनीति भन्दै ति स्थानीयले व्यग्य मिश्रित सुस्केरा हाले ।