रामेश्वर फुंयालका २ विशेष अभियान

रामेश्वर फुंयालका २ विशेष अभियान

कपन अनलाइन 

काठमाडौ,मंग्सिर १ ।

काठमाडौं क्षेत्र नं ३ प्रदेस क्षेत्र नं २ का उम्मेदवार रामेश्वर फुयाल यस अघि काठमाडौं क्षेत्र नं ३ का सांसद थिए ।उनले त्यस क्षेत्रमा सांसद रहदा गरेका विभिन्न काम हरुको विवरण पहिलेनै कपन अनलाइन डट कम ले प्रकाशन गरि सकेको छ। उनि आफैले पनि विभिन्न मंच र कार्यक्रममा आफ्ना कामका विवरणहरु सार्वजनिक गरि सकेका छन ।यहाँ रामेश्वर फुयालले सुरु गरेका २ वटा विशेष अभियानको वारेमा केहि चर्चा गरिएको छ ।

२९५४ शालको स्थानीय निकायको निर्वाचन पश्चात काठमाडौं जिल्ला विकास समितको उप सभापति बनेका फुयाल २०७० शालमा काठमाडौं क्षेत्र नं ३ को सांसदमा निर्वाचित बनेका थिए ।उनले निर्वाचित बने पश्चात केहि नया र फरक किसिमका काम हरु सुरुवात गर्ने जमर्को गरेका थिए ।तिनै पहल मध्ये यहाँ केहि अभियानले क्षेत्र नं ३ को पहिचान स्थापित गर्न सहयोग पुगेको थियो ।

  • जात्रा संचालन

प्राचिन समयमा आफ्नो कृति र यश फैलाउन राजा ,महाराजाहरुले विभिन्न जात्राहरु संचालन गर्ने गर्दथे तर काठमाडौं क्षेत्र नं ३ मा फुयालको पहलमा यस क्षेत्रको पहिचान स्थापित गर्न विभिन्न स्थानमा जात्राहरु संचालन गरिएका छन ।माघ १ मा हुने तारेभिर महोत्सव, कागेश्वारी महोत्सव,मनिचुड महोत्सव आदि जात्रा तथा महोत्सवले काठमाडौं क्षेत्र नं ३ का विभिन्न स्थानको पहिचान स्थापित गर्न र क्षेत्रको प्रवर्धन गर्न सहयोग पुगेको छ ।

  • कवाड संकल र प्रतिमा /मुर्ति निर्माण

यस क्षेत्रमा फुयालको अर्को सृजनात्मक र फरक अभियानको रुपमा कवाड संकलन अभियान रहयो । स्थानीयहरुको घर घरमा प्रयोग विहिन अवस्थामा रहेका कवाडी समान संकलन गरेर विभिन्न मुर्ति र प्रतिमा बनाउने अभियान संचालन गरे पश्चात त्यस क्षेत्रमा यसको चर्चा भएको छ ।यस अभियानको सफलताको प्रतिक को रुपमा कागेश्वरी मा स्थापित २०० किलोको काग रहेको छ ।त्यस्तै यो संगै अन्य स्थानमा पनि कवाद बाट विभिन्न मुर्ति र प्रतिमा स्थापना गर्ने क्रम सुरु भएको छ ।

पहिला प्रतिनिधि सभा क्षेत्रमा उम्मेदवार बनेर विजयी बनेका फुयाल अहिले प्रदेस क्षेत्रमा उम्मेदवार रहेका छन ।उनले यस पटक यस क्षेत्रको अझै विकास गर्न र पहुले सरेका केहि विशेष योजना पुरा गर्न उम्मेदवारी दिएको आफ्नो निर्वाचन अभियानमा बताउदै आएका छन ।

तपाइँको प्रतिक्रिया ।