आजदेखि ब्याजदर करिडोर लागू गर्दै राष्ट्र बैंक
कपन अनलाइन
काठमाडौं, २९ कात्तिक । राष्ट्र बैंकले आजदेखि ब्याजदर करिडोर लागू गर्दै छ । चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत उक्त व्यवस्था ल्याए पनि राष्ट्र बैंकले चार महिनापछि मात्र लागू गर्न लागेको हो । यसअघि अन्तर बैंक ब्याजदर ३ प्रतिशतभन्दा तल रहेकाले उपयुक्त समय नभएको भन्दै राष्ट्र बैंकले लागू गरेको थिएन ।
अहिले बजारको अवस्था सही ठाउँमा रहेकाले ब्याजदर करिडोर लागू गर्न लागिएको राष्ट्र बैंक अनुसन्धान विभाग प्रमुख नरबहादुर थापाले जानाकरी दिए । ब्याजदरमा स्थिरता ल्याउने उद्देश्यले राष्ट्र बैंकले ब्याजदर करिडोरसम्बन्धी व्यवस्था ल्याएको हो । ब्याजदर करिडोर लागू भएपछि राष्ट्र बैंकले तरलताको स्थिति र अन्तबैंक ब्याजदर गरी दुईवटा मापदण्डमार्फत ब्याजदर वाञ्छित सीमा राख्नेछ ।
तपाइँको प्रतिक्रिया ।