६० वर्षपछि इटाली बिहीन विश्वकप

६० वर्षपछि इटाली बिहीन विश्वकप

कपन अनलाइन 

इटाली ,कार्तिक २८।

चारपटकको विश्व विजेता इटाली आउँदो वर्षको विश्वकप फुटबलमा छनौट हुन असफल भएको छ । सोमबार राति भएको विश्वकप छनौटका लागि युरोपियन क्षेत्रको प्ले–अफ अन्तर्गत दोस्रो लेगमा स्वीडेनसँग गोलरहित बराबरीमा रोकिएपछि इटालीको विश्वकप खेल्ने संभावना सकिएको हो । स्वीडेनसँगको पहिलो लेगमा १–० ले पराजित भएको इटाली दोश्रो लेगमा बराबरीमा रोकिएको हो ।

इटाली सन् १९५८ पछि (६० वर्षमा) पहिलोपल्ट विश्वकपमा छनौट हुन असफल भएको हो । सन् १९३० को पहिलो विश्वकप खेल्न अस्वीकार गरेको इटाली १९५८ बाहेकका सबै संस्करणमा छनौट हुँदै आएको थियो । सन् १९३४, १९३८, १९८२ र २००६ को विश्वकप विजेता इटाली १९७० र १९९४ मा उपविजेता बनेको थियो । समग्रमा इटालीलाई १–० ले हराउँदै स्वीडेन १२ औं पल्ट विश्वकपमा छानिएको हो । सन् १९५८ को उपविजेता स्वीडेनले पछिल्लो पल्ट सन् २००६ को विश्वकप खेलेको थियो ।

तपाइँको प्रतिक्रिया ।