उत्कृष्ट गाविस अध्यक्ष भएका महेस बस्नेतको सर्बोकृस्ट सांसद हुने सपना
कपन अनलाइन
काठमाडौ,कार्तिक २७।
महेश बस्नेत देशभरकै सबैभन्दा कान्छो गाविसका अध्यक्षका रुपमा २३ वर्षमै २०५४ सालको स्थानिय निर्वाचनमा भक्तपुरमा कमजोर रहेको पार्टी संगठन र नेपाली कांग्रेसको दबदबाबीच भक्तपुरको गुण्डु गाबिसका अध्यक्ष निर्वाचित भएका थिए ।
राजनीतिक, सामाजिक र आर्थिक रुपान्तरणका साथै विकासमा उनको जागरुकता र जुझारुपन भक्तपुरका लागि मात्र होइन देशकै लागि एउटा ‘नमुना गाविस’ बनाएर विश्वविद्यालयका विद्यार्थीहरुको विकास अध्ययन गर्ने थलोको रुपमा रुपान्तरण गर्न सफल भएका थिए ।
गाउँ विकास समितीको अध्यक्ष बनेको दुई वर्षमा उत्कृष्ट गाविस अध्यक्ष पुस्कार पाएका बस्नेतले कम बजेटमा उत्कृष्ट कार्यगर्ने जनप्रतिनिधी समेत हुन ।
भक्तपुरको गुन्डु गाविसमा २०३१ सालमा बुवा पूर्णबहादुर बस्नेत र आमा ईश्वरी बस्नेतको जेठो सन्तानका रुपमा महेशको जन्म भएको हो । हालको सुर्यविनायक नगरपालिका वडा नं. ७ मा मध्यम वर्गीय किसान परिवारमा जन्मिएका महेशका वुवा भक्तपुर औधोगिक क्षेत्रमा जागिरे थिए । उनी बुवाका एक्ला छोरा हुन् भने दुई जना दिदीबहिनी छन् । २०५३ सालमा उनले अम्बिका बस्नेतसँग मागी विवाह गरेका बस्नेतका एक छोरा र एक छोरी छन् ।
बस्नेत राजनीतिक जीवनको सुरुवातीदेखि नै गाउँको राजनीतिमा सरिक हुन थाले । त्यस पश्चात उनी वडा कमिटीको सदस्य, वडा कमिटी उपसचिव, सचिव, गाउँ कमिटीको उपसचिव, सचिव, इलाका कमिटीको सदस्य, उपसचिव, सचिव जिल्ला कमिटीको सदस्य भए ।
त्यसपछि उनको राजनीति युवासंघतर्फ मोडियो । उनी युवा संघको जिल्ला कमिटी सदस्य हुँदैं जिल्ला अध्यक्ष भए । केन्द्रीय कमिटीको सदस्य भएपछि उनी ०६३ मा युवा संघको केन्द्रीय कोषाध्यक्ष चुनिए । वाइसिएल आतंक रहेको बेलामा उनी युथ फोर्स प्रमुख भए । उनी ०६७ सालमा युवा संघको केन्द्रीय अध्यक्ष निर्वाचित भएका थिए । २०७१ सालको भदौमा उनी सुशील कोइरालाको मन्त्रि परिषद् मा उधोगमन्त्री भए ।
उनी भक्तपुरका लागि केही छुट्टै र नौला विकासका काम गर्न चाहन्थे त्यसको शिलशिलामा उनको पहलमा ४७ वटा सडक निर्माण भए भने हनुमन्ते करिडोर, विष्णुमती—बागमती करिडोरका लागि बजेट पार्न सफल भएका थिए । बस्नेतले मेलम्चीलाई पहिलो चरणमा पार्ने, ७ करोड लिटरको पानी टंयाकी निर्माणका लागि काम अगाडि बढाउने, वीर हस्पिटल सारेपछि भक्तपुर ल्याउने, पाँच वटा पुल बनाउने, भक्तपुरलाई सांस्कृतिक नगर बनाउने, मन्दिरहरुको पुननिर्माणका करोड रुपैया बिनियोजन गर्ने काममा उनले महत्वपूर्ण भूमिका खेलेका थिए।
बस्नेत अहिले भक्तपुर क्षेत्र नं २ बाट उम्मेदवार बनेका छन ।बाम गठबन्धनको उम्मेदवार बनेका उनि अहिले भक्तपुर आफ्नो क्षेत्रका जनताको घर दैलोमा पुगेर देशको केन्द्रको यात्रा तय गर्न मत मागिरहेका छन ।
अहिले सबै तिर चर्चा रहेको छ कि उत्कृस्ट गाविस अध्यक्ष बनेका बस्नेत के यस पटक संसद प्रवेस गर्लान ? यो चर्चा भक्तपुर मात्र हैन देस विदेशमा समेत रहेको छ।उनि पहिला उत्कृस्ट गाविस अध्यक्ष भएको सम्झना गर्दै अव देशको सर्बोकृस्ट सांसदहुने सपना रहेको बताउछन। उनको यो यात्राको कता जाने त्यो निर्धारण आगामी मंग्सिर २१ गते तय हुनेछ ।