काठमाडौ क्षेत्र नं ५ छोड्न मेरो आत्माले दिएन : ईश्वर पोखरेल
कपन अनलाइन
काठमाडौ,कार्तिक २६ ।
नेकपा एमालेका महासचिव एबम बाम गठबन्धनका तर्फ बाट काठमाडौं क्षेत्र नं ५ का उम्मेदवार ईश्वर पोखरेलले सो क्षेत्र छोड्न आफ्नो आत्मा र आत्मा सम्मानले नदिएको बताएका छन ।
बुढानिलकण्ठ नगरपालिका वडा नं ४ वाम गठवन्धन निर्वाचन पारिचालन कमिटीले आयोजना गरेको भेटघाट कार्यक्रममा उनले सो कुरा बताएका हुन । आफ्नो मन्तव्य राख्दै पोखरेलले बर्षौ आफुले रगत पसिनाले सिंचित गरेको भुमि छोडेर जान नसकेको बताएका थिए । उनले आफुलाई ठाउ सर्न अरुले सल्लाह दिए पनि नमानेको र फेरी पनि विगत झै जनताले सजाय दिए पनि त्यसको बदला यस क्षेत्रको विकास गरेर तिर्ने बताएका थिए ।आफु कतै मानो पाथी भर्दा उछिटिएर आएको उम्मेदवार होइन भन्दै उनले आफ्नो स्थानको विकासमा निरन्तर लाग्ने बताउदै उनले अहिलेको बाम गठवन्धन नेपालको विकास र अग्रगतिको लागि भएको भन्दै यस बाट कोहि नडराउनु पर्ने बताएका थिए ।
काठमाडौं क्षेत्र नं ५ मा आफ्ना केहि महत्वपूर्ण योजना रहेको बताउदै पोखरेलले यहाको बुढानिलकण्ठ मन्दिरमा लाखौ बाह्य तथा आन्तरिक पर्यटक आउन सक्ने वातावरण बनाउन आफुले पहल थाल्ने बताए ।उनले आफ्नो क्षेत्रको सिरानमा रहेको रास्ट्रिय निकुन्ज बाट अहिले सम्म जनताले कुनै फाइदा नपाएको झन दुख पाएको भन्दै त्यसको श्रोत र साधनमा स्थानीयको पहुच पुर्याउन लाग्ने वाचा गरेका थिए ।अहिले सम्म काठमाडौं क्षेत्र नं ५ मा स्नातकोत्तर सम्म अध्यापन गराइने सार्वजनिक शैक्षिक संस्था नरहेको भन्दै निर्वाचन लगत्तै सम्बन्धनका लागि आफु लाग्ने उनले सम्बोधनका क्रममा बताए ।