पाकिस्तानका पूर्व प्रधानमन्त्री शरिफ अदालतमा
कपन अनलाइन
इस्लामावाद, १७ कात्तिक। भ्रष्टाचार प्रकरणमा संलग्न रहेको आरोपमा अदालतको छानबीनको दायरामा रहेका पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफ शुक्रबार सुनुवाईका लागि अदालत उपस्थित भएका छन।भ्रष्टाचारको आरोप लागेपछि उनलाई गएको जुलाई महिनामा प्रधानमन्त्रीबाट पाकिस्तानी सर्वोच्च अदालतको आदेशमा हटाइएको थियो । पूर्व प्रधानमन्त्री शरिफ भ्रष्टाचार विरोधी अदालतमा शुक्रबार हुने सुनुवाईमा सहभागी हुनका लागि भन्दै बिहीबार मात्र लण्डनबाट स्वदेश फिर्ता भएका थिए ।
उनलाई यहाँको भ्रष्टाचार हेर्ने अदालतले अदालत उपस्थित हुन शुक्रबारको समय दिएको थियो । त्यसैले उहाँ हिजो नै स्वदेश फर्किनुभएको हो । पाकिस्तानको राजधानी इस्लामावादबाट प्राप्त समाचारअुनसार उनि शुक्रबार बिहान विशेष सुरक्षा व्यवस्थाका साथ अदालत उपस्थित भएका थिए । उनलाई अदालतले यही नोभेम्बर ७ मा उपस्थितिका लागि अर्को म्याद दिएको उहाँका वकिलले जानकारी दिएका छन् ।
अदालत जाँदै गर्दा उहाँको सुरक्षाका लागि विशेष व्यवस्था गरिएको र अदालत उपस्थित हुने र निस्किने क्रममा उनले प्रेसलाई कुनै प्रतिक्रिया नदिएको बताइएको छ । स्रोत नखुलेको धेरै सम्पत्ति जम्मा गरेको आरोप उनिमाथि छ । प्रधानमन्त्रीबाट राजिनामा दिएर अनुसन्धान प्रक्रियालाई सघाउने ६७ बर्षीय शरिफले बताएका थिए ।
पाकिस्तानी सर्वोच्च अदालतले उनि प्रधानमन्त्री हुन अयोग्य भएको फैसला गरेपछि उनले राजिनामा दिएका हुन् । पाकिस्तानको निर्वाचन सम्बन्धि कानूनमा भ्रष्टाचारको अनुसन्धानमा परेको व्यक्तिले कुनैपनि दलको सदस्य वा पार्टी प्रमुख हुन नपाउने प्रावधान छ ।शरिफकी पत्नी कुलसुम नवाजलाई घाँटीको क्यान्सर भएकोले उपचारका लागि भन्दै गत महिना लण्डन जाएका थिए। उनि स्वदेश फर्किएको समाचार यहाँको सरकारी टेलिभिजनले प्रसारण गरेको थियो ।
बिहीबार साँझ फर्किएका उनि विमानस्थलबाट आफ्नो निजी सवारी साधनमा इस्लामावादस्थित पञ्जाव हाउसमा पुगेका थिए । उनलाई सो हाउसमा उहाँका ठूलो सङ्ख्याका समर्थकहरूले स्वागत गरेका थिए ।