जितजंगले ५५० युवाहरुलाई तरुणदलमा भित्राए

जितजंगले ५५० युवाहरुलाई तरुणदलमा भित्राए

कपन अनलाइन 

काठमाडौ,कार्तिक १५ ।
नेपाली काँग्रेसको भातृ संगठन तरुणदलले काभ्रे जिल्लाका करीब ५५० युवाहरुलाई बृहत् कार्यक्रमका विच पार्टी प्रवेश गराएको छ ।

काभ्रे जिल्ला तरुणदल क्षेत्र नं १ ले तरुण स्थापना दिवसको अवसर पारेर आयोजना गरेको संघिय निर्वाचनमा तरुणको भुमिका विषयक अन्र्तक्रियाको समापनामा एमाले, माओवादी लगायतका पार्टीहरु परित्याग गरेर लोकतन्त्रको पक्षमा लाग्ने प्रतिवद्धताका साथ युवाहरुलाई पार्टीमा स्वागत गरेको थियो । तरुणदल केन्द्रका अध्यक्ष जितजंग बस्नेतको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमा काँग्रेसका निर्वतमान सांसद तिर्थ लामा लगायतका जिल्लाका नेताहरुको बाक्लो उपस्थिती रहेको थियो ।

कार्यक्रम आफ्नो धारणा राख्दै बस्नेतले बाम एकता डर हैन त्यसको कारण सिर्जना हुने परिस्थितीको चिन्ता आफुहरुलाई रहेको उनले बताए । सत्तामा मडारिने सपना पुरा गर्न उनिहरुले अनेकौ बहाना गर्दै युवाहरुलाई प्रयोग गर्ने गरेको कैयौ उदाहरणहरु रहेको भन्दै परिश्रमी र क्षमतावना युवाहरुको गन्तव्य अन्तत् तरुणदल नै हुने भन्दै सफलताको कामना समेत गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।