काठमाडौं क्षेत्र नं ३ मा कृष्ण राई , प्रदेसमा रामेश्वर फुयालको सम्भावना
कपन अनलाइन
काठमाडौ,कार्तिक १२ ।
नेकपा एमालेको सनिवार दिनभर चलेको स्थायी कमिटिको बैठकले दोश्रो चरणमा निर्वाचन हुने केहि जिल्ला को उम्मेदावर लगभग टुंगो लगाएको छ ।
काठमाडौं मा क्षेत्र नं ३ मा नेकपा एमाले काठमाडौं जिल्ला अध्यक्ष कृष्ण राई को नाम टुंगो लागेको श्रोतले बताएको छ। यस क्षेत्रमा लामो समय राजनीति गरेर पनि अहिले सम्म गाविस उपाध्यक्ष भन्दा ठुलो संसदीय जिम्मेवारी नपाएका राईलाई यस पटक एमालेले प्रतिनिधि सभा क्षेत्रको उम्मेदवार बनाएको हो ।
स्थानीय तहको निर्वाचनमा एमाले लाई काठमाडौं मा सानदार जित दिलाउन सफल नेतृत्व गरेका राई बैचारिक र निरन्तर क्रियाशील रहन सक्ने नेताको रुपमा परिचित छन ।
यस भन्दा अगिल्लो निर्वाचनमा काठमाडौं क्षेत्र नं ३ बाट निर्वाचित रहेका रामेश्वर फुयाल यस पटक सिफारिसमा परेका थिएनन् । फुयाल आफैले राईको नाम प्रस्ताव गरेका थिए ।
अव फुयाल प्रदेस क्षेत्रमा उम्मेदवार बन्न सक्ने झिनो सम्भावना बाकी भने रहेको एक क्षेत्रीय सदस्यले बताएका छन। क्षेत्र नं ३ प्रदेस ख बाट फुयालले उम्मेदवारी दिन सक्ने ति नेताको भनाई छ ।