१५ वर्ष पछिको सफलता : सिनक्याकोसिन कराँते नेपालका खेलाडीले जापानमा देखाए जादु
कपन अनलाइन
जापान ,काठमाडौं कार्तिक १२ ।
जापानमा जारी तेस्रो सिन्जुका खुल्ला इन्टरनेशल फ्रेण्डशिप कराँते प्रतियोगीतामा नेपाली खेलाडीहरुले ऐतिहासीक सफलता हात पारेका छन । धपय सिनक्योकुसीयन काई एसियन भ्याइस प्रेशिडेन्ट नागासीमाको निमन्त्रणामा जापान पुगेको नेपाली टोलीले उत्कृष्ट फाइटर समेको उपाधी हात पारेको सिनक्याकोसिन काई नेपालका ब्रान्च चिफ सुर्य बुढाथोकीले बताएका छन ।
बुढाथोकीको नेतृत्वमा खेलाडी कुमार श्रेष्ठले , ४० वर्ष माथी को उमेर समुहका ७० के.जी तौल समुहमा रामहरी आले मगर ले ४० वर्ष माथी ७० के.जी भन्दा माथी प्रतिस्पर्धामा त्यसैगरी विनिता फुयाल ३५ वर्ष माथी , महिला खुल्ला तौल समुहमा र दिसान लामाले १५वर्ष मुनीको ५५ के.जी मुनी तौल समुहमा सहभागीता जनाएका थिए । सहभागी खेलाडी मध्ये दिसान लामाले रजत पदक हात पारेका छन भने प्रतियोगीताको वेष्ट फाइटरको उपाधी नेपालका रामहरी आले मगरले हात पारेका थिए ।
फुलक्न्ट्याक कराँतेमा नेपालले हात पारेको यस सफलता अहिले सम्मकै उत्कृष्ट रहेको बुढाथोकीले बताएका छन । प्रतियोगीतामा नेपाल सहित भारत, इन्डोनेसिया, नेपाल, पाकिस्थान , सिंगापुर, श्रीलका् , ताइवान, थाइल्याण्ड, भियतनाम, बंगलादेश माल्दिप्स, मलेसिया,जापन, चिन गरी करिब २५ राष्ट्र सहभागी छन ।
उक्त राष्ट्रहरुबाट करिब २०० भन्दा बढि खेलाडीहरुले उपाधीका लागि सहभागीता जनाइरहेका छन । प्रतियोगीतामा नेपाली खेलाडीले रजत पदक सहित वेष्ट फाइटरको उपाधी पाँउदा आफु अत्यन्त हर्षित भएको बताउदै नेपालीका ब्रान्च चिफ समेत रहेका टोली प्रमुख सुर्य बुढाथोकीले १५ वर्ष पछिको यो सफलता आफ्ना लागि मात्र नभई सिङ्गो नेपाल र फुलकन्ट्याक कराँतेका लागि समर्पण गरिने समेत बताएका छन ।