काठमाडौ क्षेत्र नं ४ मा को अगाडी ? स्थानीय तहको मत परिणामको विश्लेषण

काठमाडौ क्षेत्र नं ४ मा को अगाडी ? स्थानीय तहको मत परिणामको विश्लेषण

कपन अनलाइन

काठमाडौ,कार्तिक ७। विशेष रिपोर्ट

काठमाडौं क्षेत्र नं ४ काठमाडौं महानगरपालिका वडा नं १,७,८ र ३० तथा बुढानिलकण्ठ नगरपालिकाको वडा नं १,२,८,९,१०,११,१२ र १३ मिलेर बनेको छ । यस क्षेत्रमा स्थानीय तहको निर्वाचनमा कामपा ८ र ३० मा नेपाली कांग्रेसले विजय प्राप्त गरेको थियो भने काठमाडौं महानगरपालिका वडा नं १र ७ तथा बुढानिलकण्ठ नगरपालिकाको वडा नं १,२,८,९,१०,११,१२ र १३ मा नेकपा एमालेका उम्मेदवार विजयी बनेका थिए ।

यस विशेष सामग्रीमा स्थानीय तहको निर्वाचनमा यस क्षेत्रमा रहेका वडाहरुमा मुख्य चार पार्टी नेपाली कांग्रेस ,नेकपा एमाले ,नेकपा माओवादी केन्द्र र राप्रपाका वडा अध्यक्षका उम्मेदवारहरुले प्राप्त गरेको मत समेटिएको छ ।त्यस्तै प्रत्येक वडामा बदर भएका मतहरुको संख्या पनि समावेस गरिएको छ ।

स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाका वडा अध्यक्षहरुमा  नेपाली कांग्रेस बाट विजयी बनेका २ वटा वडाका अध्यक्षहरुको कुल मत ३८६७ रहेको छ भने पराजित बनेका २ वडामा कुल मत ३८६१ रहेको छ ।काठमाडौ महानगरपालिका तर्फ नेपाली कांग्रेसले कुल ७७२८ रहेको छ ।

नेकपा एमाले बाट विजयी बनेका २ वटा वडाका अध्यक्षहरुको कुल मत ४७५९ रहेको छ भने पराजित भएका २ वटा वडामा २५६२ रहेको छ । काठमाडौं महानगरपालिका तर्फ नेकपा एमालेको कुल मत ७३२१ रहेको छ । महानगर तर्फ नेपाली कांग्रेस एमाले भन्दा ४०७  मतले अगाडी रहेको छ ।

महानगरका ४ वटा वडामा राप्रपाले कुल ११६० मत प्राप्त गरेको थियो भने नेकपा माओवादी केन्द्रले ९३६ मत प्राप्त गरेको थियो ।

यसमा गठवन्धनमा रहेका नेपाली कांग्रेस र राप्रपाको मत जोड्दा ८८८८ हुन्छ भने नेकपा एमाले र नेकपा माओवादीले प्राप्त गरेको मत जोड्दा ८२५७  हुन्छ ।यसमा गठवन्धन बनाएका दलहरुले स्थानीय तहमा वडा अध्यक्षहरुले प्राप्त गरेको मतको अन्तरमा नेपाली कांग्रेसको गठवन्धन  ६३१ मतले अगाडी रहेको छ ।

त्यसतै बुढानिलकण्ठ नगरपालिकाका १,२,८,९,१०,११,१२ र १३ सबै वडामा नेकपा एमालेका उम्मेदवारहरु विजयी बनेका थिए । बुढानिलकण्ठ नगरपालिकामा नेकपा एमालेका वडा अध्यक्षहरुले कुल ९४५२ मत प्राप्त गरेका छन भने नेपाली कांग्रेसको तर्फ बाट वडा अध्यक्षका  उम्मेदवारहरुले कुल ६०४५ मत प्राप्त गरेका छन । बुढानिलकण्ठ नगरपालिकामा नेकपा एमाले  ३४०७ मत अन्तरले अगाडी  रहेको छ ।

बुढानिलकण्ठ नगरपालिकाका ८ वटा वडामा राप्रपाले ८५३ मत प्राप्त गरेको थियो भने नेकपा माओवादी केन्द्रले २७४२ मत प्राप्त गरेको छ ।

यस नगरपालिकामा गठवन्धनमा रहेका नेपाली कांग्रेस र राप्रपाको मत जोड्दा ६८९८ हुन्छ भने  नेकपा एमाले र नेकपा माओवादीले प्राप्त गरेको मत जोड्दा  १२१९४  हुन्छ । ।यसमा गठवन्धन बनाएका दलहरुले स्थानीय तहमा वडा अध्यक्षहरुले प्राप्त गरेको मतको अन्तर ५२९६ रहेको छ ।

काठमाडौं क्षेत्र नं ४ मा रहेका १२ वटा वडाहरुमा नेपाली कांग्रेसले कुल १३७७३ मत प्राप्त गरेको थियो भने नेकपा एमालेले कुल १६७७३ मत प्राप्त गरेको थियो । यस क्षेत्रमा वडा अध्यक्षहरुले प्राप्त गरेको मतको आधारमा नेकपा एमाले नेपाली कांग्रेस भन्दा ३००० मतले अगाडी रहेको छ ।

त्यस्तै नेपाली कांग्रेस र राप्रपा विच गठवन्धन हुदा यस क्षेत्रमा सो गठवन्धनको कुल १५७८६ मत हुन्छ भने नेकपा एमाले र नेकपा माओवादी केन्द्रको गठवन्धनको कुल २०४५१ मत हुन्छ ।यस्तो अवस्थामा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको गठवन्धन ४६६५ मतले अगाडी देखिन्छ ।

निर्वाचनमा बुढानिलकण्ठ नगरपालिका का ८ वटा वडाहरुमा कुल  ८८५ मत वदर भएको छ भने काठमाडौं महानगरपालिका तर्फका ४ वटा वडाहरुमा १०५६ मत वदर भएको छ जसमा कुल वदर मत १९४१ हुन्छ जसले आगामी निर्वाचनको नतिजामा असर पार्ने सम्भावना रहेको छ ।

यहाँ प्रस्तुत भएको मत परिणाममा कतिपय मतहरु उम्मेदवारका व्यक्तिगत कारणले पनि प्राप्त भएकाले यसमा केहि संख्या फरक हुन् सक्छ । तथापी यस पटक काठमाडौं क्षेत्र नं ४ को निर्णायक मतदाता १८ देखि ३५ उमेर समुहको रहने देखिन्छ भने अगिल्लो निर्वाचनको जस्तो फराकिलो अन्तर नरहने सम्भावना पनि देखिन्छ । तर कुनै दलले निश्चित विजय हुन्छ भन्ने अनुमान गर्न सकिने अवस्था छैन त्यसैले  यो मत परिणामको अवस्था हेर्दा काठमाडौं क्षेत्र नं ४ मा यस पटक राजनीतिक दलहरु विच रोचक प्रतिस्पर्धा हुने देखिन्छ ।

तपाइँको प्रतिक्रिया ।