काठमाडौ क्षेत्र नं ४ को प्रदेस क्षेत्र “ख” मा उम्मेदावर निश्चित नहुदा क्षेत्रवासी अन्यौलमा

काठमाडौ क्षेत्र नं ४ को प्रदेस क्षेत्र “ख” मा उम्मेदावर निश्चित नहुदा क्षेत्रवासी अन्यौलमा

कपन अनलाइन 

काठमाडौ,कार्तिक ५।

काठमाडौं क्षेत्र नं ४ को प्रदेस क्षेत्र “ख” मा राजनीतिक पार्टीहरुले उम्मेदवार टुंगो लगाउन नसक्दा अहिले यहाका जनता र विभिन्न पार्टीका कार्यकर्ताहरु अन्यौलमा रहेका छन ।

नेपाली कांग्रेस र नेकपा एमाले बाट धेरै उम्मेदवार सिफारिस भएर गएकोले अहिले सिफारिसमा परेका विच टिकटको दौड निकै पेचिलो र रोचक बन्दै गएको छ ।सिफारिसमा परेका उम्मेदवारहरु अहिले आ आफ्ना मजबुत पक्ष प्रस्तुत गरेर नेताहरुलाई  सम्झाउदै टिकट हात पर्ने दाउमा लागेका छन ।

अहिले यस क्षेत्रमा रहेका राजनीतिक दलहरुका आन्तरिक समीकरण र समुहहरुमा व्यापक फेर वदल र परिवर्तन आइरहेको देख्न सकिन्छ जसले गर्दा आन्तरिक प्रतिस्पर्धा आम अनुमान भन्दा फरक पर्ने देखिन्छ ।

नेकपा एमाले भित्र यस क्षेत्रमा समकालीन नेताहरुको बाहुल्यता रहेको र तिनै नेताहरु टिकट दौडमा लागेकोले पनि माथिल्लो तहका नेताहरु कसलाई टिकट दिने भन्ने दुविधामा रहेको एक नेताले बताए ।यस क्षेत्रमा सक्रिय रहेका आश लाग्दा युवा नेताहरुले उम्मेदावरी दिने आट र प्रयास नगर्दा अव आउने उम्मेदावर पुरानै अनुहार हुनेमा भने कुनै दुविधा छैन ।

त्यस्तै नेपाली कांग्रेसले पनि यस क्षेत्रमा धेरै नेताहरुको नाम सिफारिस गरेको छ । सिफारिसमा परेका नेताहरु आन्तरिक रुपमा टिकट प्राप्त गर्ने दौडमा चाड पर्वको प्रवाह नगरी निकै सक्रिय बनिरहेका छन ।

यस क्षेत्रमा उमेद्वारको टुंगो नलाग्दा स्थानीय कार्यकर्ता र पार्टीका संरचनामा भने अन्यौलता छाएको छ । निर्वाचनका गतिविधि अगाडी बढाउन उम्मेदवारको निर्क्यौल नहुदा समस्या परेको स्थानीय नेताहरु बताउन थालेका छन । निर्वाचन केन्द्रित कार्यक्रम गर्न उम्मेदवार नहुदा के एजेन्डा र गतिविधि गर्ने भन्ने दुविधा विच विभिन्न दलहरु सामान्य किसिमका भेटघाट र छलफल मै सिमित बनेका छन ।

बुढानिलकण्ठ नगरपालिका को वडा नं १,२,८,९,१०,११,१२ र १३ रहेको यस क्षेत्रमा नेपाली कांग्रेस र नेकपा एमाले बाट सिफारिसमा परेका उम्मेदवारहरुले आफ्नो जित हुने दावी गरेता पनि यस क्षेत्रको भूगोल ,सामाजिक परिस्थिति र अन्य विभिन्न कारणले गर्दा प्रतिस्पर्धा निकै रोचक हुने अनुमान गर्न सकिन्छ।

 

 

 

 

तपाइँको प्रतिक्रिया ।