काठमाडौ क्षेत्र नं ५ प्रदेस क्षेत्र -१ बाट हरी प्रसाद अधिकारीको नाम सिफारिस
कपन अनलाइन
काठमाडौ,असोज ३०।
नेकपा एमाले काठमाडौं क्षेत्र नं ५ ले प्रतिनिधि सभा क्षेत्र तर्फ एमाले महासचिव ईश्वर पोखरेलको नाम सर्वसम्मत सिफारिस गरेको छ भने काठमाडौं क्षेत्र नं ५ को प्रदेस क्षेत्र – १ तर्फ हरि प्रसाद अधिकारीको नाम सिफारिस भएको छ साथै प्रदेस सभा तर्फ अन्य स्थानीय नेताहरुको नाम पनि सिफारिस गरेको छ।
२०१८ साल असार २८ गते कामपा वडा नं.४ बिसाल नगर चन्डोलमा जन्मेका अधिकारीको राजनितिक यात्रा २०३६ सालको विद्यार्थी आन्दोलनबाट सुरुवात भएको थियो । उनि २०३७ सालमा अनेरास्ववियुको पांचौ सम्मेलनमा सहभागी भएका थिए ।
२०३९ सालमा अनेरास्ववियुको सदस्य बनेका उनि २०४७ सालमा प्ररायुसंघ सदस्य बनेका थिए । २०४७ साल चैतमा कामपा वडा नं.४ को पार्टी सक्रिय दलको सचिब भएका थिए ।
२०४८ मा कामपा वडा नं.४ को आम निर्वाचन परिचालन संयोजक बनेका अधिकारीले २०४९ सालमा पार्टी सदस्ययता प्राप्त गरेका थिए भने स्थानीय निमाबी शिक्षकबाट राजिनामा दिई २०४९ सालमा कामपा वडा नं.४ को वडा अध्यक्षका रुपमा साझा बामपन्थीहरुको उम्मेदवार बनेका थिए ।
२०४९ सालमा नेकपा एमालेको पांचौ राष्ट्रिय महाधिबेसनमा परिबेक्षकका रुपमा सहभागी भएका अधिकारी २०५२ सम्म नगर इलाका सदस्य हुदै २०५२ मा नेकपा एमाले कामपा वडा नं.४ को वडा संगठन कमिटिको सचिब, नगर इलाका कमिटिको उपसचिब, सचिब हुदै विशेष जिल्ला कमिटीका क्षेत्र नं.३ का सद्स्य बन्न सफल भएका थिए ।
उनको राजनीतिक यात्राको क्रममा २०५५ शालमा भएको एमालेको छैठौं राष्ट्रिय महाधिबेसन प्रतिनिधि भएका थिए भने २०५९ देखी २०६५ सम्म क्षेत्तीय समन्वय कमिटिको सदस्य,२०६६ मा क्षेत्तीय समन्वय कमिटिको सचिब हुदै २०६७ मा संम्पन्न नेकपा एमाले काठमाडौं क्षेत्र नं ५ को प्रथम क्षेत्तीय अधिबेशनबाट क्षेत्तीय अध्यक्षमा निर्वाचित भएका थिए । २०७१ सालमा संम्पन्न नेकपा एमालेको नवौं महाधिबेसन प्रतिनिधि बनेका थिए ।
राजनीतिकका अलावा सामाजिक क्षेत्रमा उत्तिकै सकृय अधिकारी कामपा वडा नं.४ मा रहेका बिसाल मिलन केन्द्र, टुडालदेबी समुदायीक सेवा केन्द्र, महिला सामुदायीक सेवा केन्द्र धुम्रबराही लगायत कामपा वडा नं.४ भित्र रहेका बिभिन्न संघ सस्थाको नेतृत्व सम्हाली सकेका छन् ।
मिलनसार र हक्की स्वभावका अधिकारी निरन्तर क्रियाशील रहन सक्ने नेताको रुपमा यस क्षेत्रमा परिचित छन । उनले राजनीति र समाज सेवालाई आफ्नो मूल पेशा बनाएका छन भने काठमाडौं क्षेत्र नं ५ प्रदेस सभा प्रदेस क्षेत्र – १ मा लोकप्रिय नेताका रुपमा उनि चिनिन्छन् ।