गुरु लुइँटेल अध्ययन तथा विकास केन्द्रको चियापान कार्यक्रम सम्पन्न
कपन अनलाइन
काठमाडौ,असोज २९ ।
गुरु लुइँटेल अध्ययन तथा विकास केन्द्रले सुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम आयोजना गरेको छ। काठमाडौ धुम्वाराही स्थित एस आर क्याटरिङमा भएको कार्यक्रमको प्रमुख अतिथि नेकपा एमालेका केन्द्रिय सदस्य यज्ञराज सुनुवार रहेका थिए।
सो कार्यक्रमका अन्य अतिथि हरुमा शंकर बहादुर कार्की , हर्क वोल राई,नानी बाबु बुढाथोकी ,केदार राज पुडासैनी , सुरेन्द्र बोगटी , गुण केशरी लुइँटेल ,माधव बस्त्तोला लगायत रहेका थिए।
कार्यक्रमका वक्ताहरुले अहिले चर्चामा रहेको वाम गठवन्धन र यसले पर्ने असरका वारेमा केन्द्रित रहेर आफ्ना धारणा राखेका थिए । द्वन्द कालिन समयमा माओवादी द्वारा हत्या गरिएका परिवारहरुको समस्याको वारेमा कसरि सम्बोधन हुन्छ भन्ने विषयमा नै सबै वक्ताहरुको मन्तव्यको प्रमुख विषय रहेको थियो ।
गुरु लुइँटेल ओखलढुंगा जिल्लाको शैक्षिक ,राजनीतिक र सामाजिक विकासमा निकै ठुलो योगदान दिएका व्यक्ति हुन् जसको हत्या माओवादीहरुले गरेका थिए ।
कार्यक्रमका अध्यक्ष फडिन्द्र लुइँटेलले अहिलेको गठवन्धन र सहिद परिवारको सन्दर्भका वारेमा जिज्ञाशा राखेका थिए । हालको गठवन्धनको सन्दर्भ लाई लिएर रास्ट्रिय मात्र नभई अन्तरास्ट्रिय रुपमा समेत चासो व्यक्त गरिएको उनले जानकारी दिएका थिए ।कार्यक्रमको संचालन कुमार घिमिरेले गरेका थिए ।फोटो सौजन्य : सन्तोष लुइँटेल