लिखु बचत तथा ऋण सहकारीको नवौ वार्षिक साधारण सभा सम्पन्न
कपन अनलाइन
काठमाडौ,असोज २८ ।
लिखु बचत तथा ऋण सहकारी संस्था लिमिटेडको नवौ वार्षिक साधारण सभा बुढानिलकण्ठ नगरपालिका – १२ का वडाअध्यक्ष शम्भु भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ। संस्थाले आ.व २०७३/०७४ मा ६ करोड ९० लाखको कारोबार गरि ७५ लाख अाम्दानी गरेको छ । संस्थाले आ .ब २०७३/०७४ मा राज्यलाई ३, ३५,५८४/- राजश्वमा योगदान दिएको छ ।
संस्थाले नयाँ कार्यसमिति र लेखा सुपिरबेक्षण समिति निम्नानुसार चयन गरेको छ । अध्यक्ष राजन कुमार पौडेल,उपाध्यक्ष बासुदेब पौडेल सचिब कल्याण पौडेल कोषाध्यक्ष कमला मैनाली ,सदस्य श्याम प्रसाद पौडेल ,किशोर पौडेल,ज्ञान प्रसाद पौडेल साथै लेखा सुपरिबेक्षण समिती संयोजक निश्चल पोखरेल,सदस्य सन्तोषहरि अधिकारी ,श्याम पौडेल( बी) संस्थाको बिकासमा सदैब लागिरहने सेयर सदस्यहरुलाई प्रविधि मैत्रि सेवा प्रदान गरी उत्कृष्ट सहकारी बन्ने प्रतिबद्ता नबनिर्बाचित अध्यक्ष राजनकुमार पौडेलले बताए ।फोटो सौजन्य :कल्याण पौडेल