नवराज सिलवालले डीआईजीबाट दिएको राजीनामा स्वीकृत

नवराज सिलवालले डीआईजीबाट दिएको राजीनामा स्वीकृत

कपन अनलाइन

काठमाडौ असोज,२३ ।

प्रहरी प्रमुख बनाउनु पर्ने माग राख्दै सर्वोच्च अदालतमा दायर गरेको मुद्दा हारेपछि नवराज सिलवालले आफ्नो पदबाट राजीनामा दिएका थिए ।राजिनामा लामो समयसम्म स्वीकृत भएको थिएन।शुक्रबारबाटै लागु हुने गरि नेपाल प्रहरीको डीआईजीबाट दिएको राजीनामा स्वीकृत भएको जनाइएको छ ।

गृहमन्त्री जनादर्न शर्मा प्रभाकरले शुक्रबारकै मिति राखेर उनको राजीनामा स्वीकृत गरेको स्रोतले जनाएको छ । गृह मन्त्रालयका कर्मचारी प्रशासन शाखाका उपसचिव नरेन्द्र रानाले पनि सिलवालको राजीनामा स्वीकृत भएको पुष्टि गरेका छन्  ।

राजीनामा स्वीकृत नभए कै अवस्थामा उनी शुक्रबार नेकपा एमालेमा प्रवेश गरेका थिए ।

 

तपाइँको प्रतिक्रिया ।