नेपाली कांग्रेस काठमाडौ क्षेत्र नं ४ प्रदेस क्षेत्र नं २ मा नेताहरुको प्रतिस्पर्धा रोचक बन्दै

नेपाली कांग्रेस काठमाडौ क्षेत्र नं ४ प्रदेस क्षेत्र नं २ मा नेताहरुको प्रतिस्पर्धा रोचक बन्दै

कपन अनलाइन 

काठमाडौ,असोज २१ ।

नेपाली कांग्रेस काठमाडौ क्षेत्र नं ४ प्रदेस क्षेत्र नं २ मा अहिले प्रदेस सभा निर्वाचनमाको उम्मेदवार बन्लान भन्ने व्यापक चासो र चर्चा आम कार्यकर्ता र जनस्तरमा देखिएको छ ।प्रतिनिधि सभाको निर्वाचनका लागि गगन कुमार थापा ,नरोत्तम बैध र जानु घिमिरेको नाम सिफारिस गरिएको छ जसमा वर्तमान सांसद गगन थापाले टिकट प्राप्त गर्ने निश्चित प्राय भएको नेपाली कांग्रेसका एक क्षेत्रीय सदस्यले बताए। नेपाली कांग्रेसले थापालाई प्रदेस नं ३ को मुख्य मन्त्रीको उम्मेदवार घोषणा गरेको खण्डमा मात्र उनले प्रदेस सभामा जाने सम्भावना रहेको ति नेताको दावी छ ।

बुढानिलकण्ठ नगरपालिका को वडा नं १,२,८,९,१०,११,१२,र १३ रहेको काठमाडौं क्षेत्र नं ४ को प्रदेस क्षेत्र २ मा नेपाली कांग्रेसमा धेरै आकांक्षीहरु देखिएका थिए । अहिले नेपाली कांग्रेस क्षेत्रीय समितिले ति आकांक्षीहरुको नाम जिल्ला समितिमा पठाई सकेको र त्यहा बाट पनि केन्द्रिय समितिमा सिफारिस गरेर पठाएको नेपाली कांग्रेस जिल्ला समितिका एक नेताले बताए ।

नेपाली कांग्रेसको कार्य सम्पादन समितिले उम्मेदवारको मापदण्ड निर्माण गर्दा स्थानीय तहमा उम्मेदवार बनेकाहरुलाई यो निर्वाचनमा उम्मेदवार बन्न नपाउने निर्णय गरे पछी यस क्षेत्रमा पनि क्षेत्रीय सभापति राजु श्रेष्ठ उम्मेदवार नबन्ने अवस्थामा अन्य समकालीन नेताहरु विच अहिले को उम्मेदवार बन्ने भन्ने प्रतिस्पर्धा तीव्र बनेको छ ।

दर्जन भन्दा बढी नेताहरु टिकटको दौडमा रहेको यस क्षेत्रमा अहिले त्यो संख्या घट्दै गएको छ ।क्षेत्रीय समितिले नामहरु सिफारिस गरि सके पछी अहिले यो प्रतिस्पर्धा केहि नेतामा मात्र सिमित बनेको छ ।

काठमाडौं जिल्ला क्षेत्र नं ४ को प्रदेस क्षेत्र नं २ मा उम्मेदवारीको दौडमा रहेका केहि नेताहरुको वारेमा यहाँ चर्चा गरिएको छ ।राजनीति सम्भावनाको खेल हो र स्थानीय तहमा जस्तै अन्तिम समयमा टिकट कसको पोल्टामा पर्छ त्यो अनुमान मात्र गर्न सकिने हुनाले नेपाली कांग्रेसका केहि सम्भावित उम्मेदवारहरुको वारेमा यहाँ चर्चा गरिएको छ ।

  • साधुराम खड्का

नेपाली कांग्रेसको स्थानीय राजनीतिमा लामो समय देखि निरन्तर क्रियाशील खड्का यस क्षेत्रमा तल्लो तह देखि काम गरेका स्थानीय नेता हुन् । सालिन र भद्र स्वभावका खड्का यहाका कार्यकर्ता विच लोकप्रिय रहेका छन ।

२०४२ शालको सत्याग्रह बाट आफ्नो राजनीतिक जीवनलाई गती दिएका खड्का सो समय राज्य बाट गिरफ्तार भै ५ महिना सिनेटर जेल र ५ महिना नक्खु जेल परेका थिए ।

२०४६ शालमा नेपाली विद्यार्थी संघको केन्द्रिय कार्यालय सचिव रहेका उनि २०५६ मा तत्कालिन क्षेत्र नं ३ को क्षेत्रीय सभापति मनोनित भएका थिए भने २०५७ शालमा क्षेत्रीय सभापति निर्वाचित भएका थिए ।

उनि लामो समय देखि नेपाली कांग्रेसको महाधिवेसन प्रतिनिधि तथा महासमिति सदस्य रहदै राजनीतिमा सक्रिय रहेका छन ।

  • आत्माराम पौडेल

सामाजिक र राजनैतिक क्रियाकलापमा बिद्यार्थी जिबन देखि नै राजनीतिमा सक्रिय रहदै २०४४ सालमा प्रधानपन्च भएका थिए भने २०४९ सालमा कपन गाबिसको अध्यक्ष बनेका थिए । ।२०३६ सालमा बहुदलको प्रचारमा लागेका उनले त्यतिबेला नै काँग्रेसको साधारण सदस्य प्राप्त गरेका थिए ।

तत्कालिन कपन गाविसको अध्यक्ष हुदा बालउद्धार मावी कपन,जनजागृति मावी  जगडोल, जनउद्धार मावी चुनिखेल र यज्ञमति मावी पैयाटार स्थापना गर्न आफ्नो पहल कदमी रहेको दावी गर्ने पौडेल नेपाली कांग्रेसको काठमाडौँ जिल्लाको निर्वाचन जिल्ला सदस्य, क्षेत्रीय सभापति हुदै हाल तेस्रो पटक महासमिति सदस्यको रुपमा क्रियाशील रहेका छन ।

  • न्हुक्षे नारायण श्रेष्ठ

०४२ शालको सत्याग्रह बाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका श्रेष्ठ २०४६ शालमा नेपाली कांग्रेस चुनिखेल गाउ कार्यसमिति उपाध्यक्ष र २०४८ शालको आम निर्वाचनमा चुनिखेलको प्रचार प्रसार संयोजक रहेका थिए ।

त्यस्तै २०५० शालमा काठमाडौं जिल्ला समिति सदस्य मनोनित भएका उनि १५ वर्ष लगातार सोहि पदमा क्रियाशील रहेका थिए ।नेपाली कांग्रेसको १२ औ महाधिवेशन २०६७ मा नेपाली कांग्रेसको क्षेत्रीय सभापति बनेका थिए ।

श्रेष्ठ २०४९ शालको स्थानीय निकायको निर्वाचनमा तत्कालिन चुनिखेल गाविसको अध्यक्ष निर्वाचित भएका थिए ।

पछिल्लो चरणमा उनले बुढानिलकण्ठ नगरपालिकामा दलीय प्रतिनिधिको रुपमा पनि काम गरेका थिए ।उनि यस क्षेत्रका विभिन्न सामाजिक संघ संस्था र गतिविधिमा पनि संलग्न छन ।

  • राजाराम बुढाथोकी

२०४६ शालमा गणेश मान सिंहको हात बाट नेपाली कांग्रेसको सदस्यता प्राप्त गरेका बुढाथोकीले तत्कालिन कपन गाविसमा सर्वदलीय संयन्त्रमा ६ वर्ष काम गरेका छन ।२०४९ शालमा नेपाली कांग्रेस कपन इकाई समिति सदस्य रहेका बुढाथोकी २०५० शालमा विपी संग्रहालयमा पार्टी प्रतिनिधिको रुपमा कार्य गरेका बुढाथोकी कपन क्षेत्रमा विकास प्रेमी र सक्रिय नेता मानिन्छन ।

२०५३ शालमा नेपाली कांग्रेस प्रजातान्त्रिकको ३ वर्ष इकाई सभापति रहेका उनि पार्टी एकीकरण पछी पनि इकाई सभापति बनेका थिए ।पछिल्लो समय नेपाली कांग्रेसको तर्फ बाट  बुढानिलकण्ठ नगरपालिकामा दलीय प्रतिनिधि रहेका बुढाथोकी अहिले टिकट दौडमा रहेका छन ।

अहिले नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ४ प्रदेस क्षेत्र २ मा नेताहरु विचको प्रतिस्पर्धा निकै रोचक बन्दै गएको छ। माथि उल्लेखित नेताहरुसंगै अन्य धेरै नेताहरु यो दौडमा रहेका छन जुन कारणले यो दौडलाई रोमान्चक र संकेत पूर्ण बनाएको एक क्षेत्रीय नेताले बताए।

 

तपाइँको प्रतिक्रिया ।