नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं २ ले उम्मेदवार सिफारिस गर्यो

नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं २ ले उम्मेदवार सिफारिस गर्यो

कपन अनलाइन 

काठमाडौ,असोज १८ ।

नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर २ ले प्रतिनिधिसभा क्षेत्र को निर्वाचनका लागि दीपकप्रसाद कुइँकेल, लोकेश ढकाल र उपेन्द्र कार्कीको सिफारिस गरेको छ । नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं २ क्षेत्रीय समितिले समानुपातिक तर्फ लक्ष्मी थापा र प्रतिमा गौतमलाई पनि सिफारिस गरेको हो ।

उक्त बैठकले प्रदेस क्षेत्र तर्फ क्षेत्र नं १ मा प्रत्यक्ष तर्फ अर्जुन पराजुली र भीमार्जुन आचार्यको नाम सिफारिस गरेको छ भने प्रदेश क्षेत्र नं २ तर्फ प्रत्यक्षमा मनहरी खड्का र  लभराम दाहालको नाम सिफारिस गरेको छ।

सोहि बैठकले प्रदेस क्षेत्रका समानुपातिक तर्फ क्षेत्र १ मा करिव १५ जना र क्षेत्र २ मा करिव २० जनाको नाम सिफारिस गरिएको नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं २ श्रोतले बतायो ।

 

 

 

 

तपाइँको प्रतिक्रिया ।