महान छ महलको बास भन्दा झुप्रोको बास

महान छ महलको बास भन्दा झुप्रोको बास

कपन अनलाइन

अछाम असोज ७/एकेन्द्र महता

घृणाको जिन्दगीले महलको बास भन्दा पे्ररणाको जिन्दगीलाई झुप्रोको बास महान हुने बताउन्छन् कमलबजार ५ का महामति नेपाली । श्रीमानको मृत्यू पछी जिन्दगी देखि विरक्तिएकी महामती आनन्दको जिन्दगी बिताईरहेकी छन् ।

४५ बर्षीय महामति नेपाली एक दलित परिवारका एचआईभि संक्रमित महिला हुन् । तीन छोरा तिन छोरीकी आमा महामति नेपालीका श्रीमान कम्मान सिंह नेपालिको १० बर्ष अगाडि मृत्यु भयो । श्रीमानको मृत्यु पछि महामतिलाई छोराछोरी हुर्काउन निकै समस्या भयो । सुखदुख गरेर पालनपोषन गरेका छोराहरुले बिहे गरे ।

बिहेपछि बुहारिलाई लिदै उनका छोरा भारत तिर लागे । श्रीमान बितेको पिडा त्यो श्रीमतिलाई मात्र थाहा हुन्छ, जसले पिडा भोगको हुन्छ । आफुलाई एचआईभि भएको थाहापाए पछि छोरा बुहारीले केहि नभनेर भारतको बाटो रोजेका उनले बताइन् । म आफै महसुस गर्थे मलाई भेदभाव गरे छोरा बुहारीले । समय बित्दै गयो । मलाई पनि सहयोगी हातहरुबाट औषधि उपचारमा पुर्याउने काम भयो मैले ल्याएको औषधि ३ महिना सम्म प्रयोग गरे छोरा बुहारीलाई सबै कुरा फोनबाट सुनाए ।

तर छोराबुहारीले राम्रोसंग कुरा गरेननु । अनि आफुसंग भएका सबै औषधिहरु खोलामा लगेर बगाए । आफले पालेका छोरा छोरीहरु आफ्नो भएन, आफ्नो कोहि छैन भन्ने कुरा थाहा पाएपछि मर्ने दिनहु कुरेर बसे । स्थानीय गैरसरकारी सस्था एस नेपालद्धरा संचालित सुरिक्षत आप्रवासनका लागि एचआईभि शिक्षा कार्यक्रम अछामको कमलबजार नगरपालिका ५ साविकको कुइका गाविसमा संचालन भयो ।

परामर्शबाट महामती समुहमा आवद्ध समुहको बैठकमा बिभिन्न बिषयमा हुने छलफलले गर्दा आफुमा पे्ररणा जागेको उनले बताईन । स’महमा औषधि नियमितको बारे मासिक छलफल संचालन गर्दा उनको मनमा फेरि औषधि सेवन गर्न मन पलायो । स्वास्थ्यको अवस्था भने उनको बिग्रदै गईरहेको थियो । आफु छोराबुहारीबाट अपहेलित भएको बताईन ।

छोराबुहारी पनि उनीबाट अलग भान्सामा खान थाले । छोराबुहारीलाई एचआईभिको बारेमा परामर्श गरि सासुबुहारीलाई एकै ठाउमा औषधिको बारेमा जानकारी गराईयो । अहिले बुहारीले पनि नियमित औषधिको बारेमा जानकारि गराई औषधि खुवाने काममा सहयोगि गरिरहको महामतिले बताईन । सासुबुहारि बिचको सम्बन्धबाट उनी निकै खुसि भएको र आफ्नो स्वाथ्यमा आएको सुधारले काममा पनि निकै उत्साहित भएर सहयोग गरिरहेको उनकी बुहारि धनकलाले बताईन ।

अहिले सासुले छोराछोरीको हेरालो लाग्ने काममा थप सहयोग गरेको कुरा पनि बुहारी दुराले बताईन । त्यसैले मानिसलाई बाच्नका लागि खान त नभै नहोला तर त्यसको साथै माया पनि एक भिटामिन हो ।

तपाइँको प्रतिक्रिया ।