काठमाडौं क्षेत्र नं ४ प्रादेशिक क्षेत्रको टिकट दौडमा कुसुम कुमार कार्की

काठमाडौं क्षेत्र नं ४ प्रादेशिक क्षेत्रको टिकट दौडमा कुसुम कुमार कार्की

कपन अनलाइन 

काठमाडौं ,असोज ५।

नेकपा एमाले काठमाडौं क्षेत्र नं ४ का २ वटा प्रादेशिक क्षेत्रमा अहिले नेताहरुको आन्तरिक टिकटका लागि आन्तरिक दौड रोमान्चक बन्दै गएको छ। समकालीन नेताहरुको बाहुल्यता रहेको यस क्षेत्रमा बुढानिलकण्ठ नगरपालिका तर्फको क्षेत्रमा रहेका नेताहरु यो दौडमा अगाडी देखिएका छन । आन्तरिक भेला ,बैठक , कोठे छलफल र माथिल्लो  कमिटिका  नेताहरुको घर धाउने क्रम अहिले तीव्र रुपमा  चलेको छ ।

यस क्षेत्रमा रहेका नेताहरुको  पृष्ठभूमि र राजनीतिक उचाई  उस्तै उस्तै भएकोले पनि कसले यो टिकटको बाजी मार्छ भन्ने अड्कल र अनुमान गर्न कठिन पर्ने यस क्षेत्रका एक एमाले नेताले बताए ।काठमाडौं क्षेत्र नं ४ को प्रतिनिधि सभा क्षेत्रमा डा . राजन भट्टराई लगभग निश्चित भएपनि प्रादेशिक क्षेत्रमा अहिले धेरै दावेदार दौडमा देखिएका छन ।

यो दौडमा अहिले आन्तरिक रुपमा लाग्ने नेता मध्ये अगाडी देखिएका छन कुसुम कुमार कार्की । उनले अहिले आफु निकटका संग छलफल र अन्तरक्रिया गरिरहेको उनि निकट एक नेताले बताए ।

२०४९ शालको स्थानीय निकायको निर्वाचनमा  करिव २५ वर्षको उमेरमा तत्कालिन महांकाल गाविसको उपाध्यक्ष रहेका कार्की २०५४ शालको निर्वाचनमा गाविस अध्यक्ष निर्वाचित भएका थिए ।

उनले आफ्नो राजनीतिक जीवनमा तत्कालिन  इलाका कमिटि , गाउ कमिटि हुदै काठमाडौं क्षेत्र नं ४ को अध्यक्षको रुपमा २ कार्यकाल नेतृत्व गरेका थिए ।

कार्की  यस क्षेत्रमा विकासको स्पस्ट धारणा बोक्ने नेता हुन् जसले राजनीतिक संग संगै विभिन्न सामाजिक र व्यवसायिक संघ संस्थाहरुको नेतृत्व गरेका छन । उनि अहिले नेपाल ह्युम पाइप एसोसियसनका अध्यक्ष हुन् भने उनले हिमनदी  पर्यटन सहकारी मार्फत संचालन भईरहेको होटल वाटर टावरको पनि अध्यक्षको रुपमा नेतृत्व प्रदान गर्दै आएका छन ।

क्षेत्रीय अध्यक्ष रहदा उनले यस क्षेत्रको पार्टी जीवनमा आरोह अवरोह दुवै बेहोरेका थिए । दोश्रो संविधान सभाको निर्वाचनमा नमिठो हार बेहोरेको पार्टीलाई स्थानीय तहको निर्वाचनमा  करिव  ८० प्रतिशत स्थान विजयी बनाउन नेतृत्व  गरेका  कार्की बुढानिलकण्ठ नगरपालिका  प्रमुखको  टिकट दौड बाट अन्तिम समयमा  फालिएका थिए ।

अहिले प्रादेशिक क्षेत्रको टिकट दौडमा रहेका कार्की दावेदार मध्ये  प्रभावशाली मानिएका छन तर राजनीतिमा प्रभाव पद र भूमिकामा हुने भएकोले उनले सजिलै यो दौड जित्लान भन्न सकिदैन ।

सहज र सरल रुपमा सम्पर्क कायम गर्न सक्ने नेताको रुपमा पहिचान बनाएका उनले तत्कालिन कपन जुन अहिले बुनपा १० ,११ र १२ वडा रहेका छन त्यहाका नेता कार्यकर्ताहरुको साथ र समर्थन कसरि लिन्छन त्यसले पनि उनको दावीमा सकारात्मक नकारात्मक दुवै खाले असर पर्ने देखिन्छ भने उनले यस क्षेत्रका अन्य शाखाहरुको  सहयोग र सहानुभुति लिन पनि सक्नु पर्ने देखिन्छ । स्थानीय तहको निर्वाचन पछी फेरिएको  आन्तारिक सन्तुलन र समिकरणको विश्लेष्ण गरेर उनले आगामी राजनीतिक यात्रा गर्नु पर्ने उनि निकट एक नेताले बताए ।

उनले यस क्षेत्रको टिकटका दावेदार सुन्दर पुर्कुटी ,विदुर विक्रम खड्का ,मिठाराम अधिकारी ,जयराम थापा र धुर्वराज न्यौपानेलाई कसरि संयोजन गरेर अगाडी जान्छन त्यसैले उनको  वर्तमान राजनीतिक यात्राको मार्ग तय गर्नेछ ।

 

तपाइँको प्रतिक्रिया ।