काठमाडौं क्षेत्र नं ३ मा नेपाली कांग्रेस प्रतिनिधि सभा तथा प्रादेशिक क्षेत्रका आकांक्षीहरु
कपन अनलाइन
काठमाडौ,असोज ६ ।
तेश्रो चरणको स्थानीय तहको निर्वाचन सम्पन्न भए पश्चात अहिले राजनीतिक दलहरु प्रतिनिधि सभा र प्रादेशिक क्षेत्रको निर्वाचन तयारीमा लागेका छन।
अहिले प्रत्येक राजनीतिक दलहरुमाको उम्मेदवार बन्ने भन्ने विषयले आन्तरिक रुपमा चर्चा पाउन थालेको छ ।काठमाडौं जिल्ला निर्वाचन क्षेत्र नं ३ मा पनि अहिले सम्भावित उम्मेदवारहरुको वारेमा चर्चा परिचर्चा सुरु भएको छ।
यो चर्चा परिचर्चाको क्रम अहिले नेपाली कांग्रेस भित्र पनि सुरु भएकोछ। यस क्षेत्रका नेताहरु गोकर्णेश्वर नगरपालिकामा प्राप्त गरेको जित बाट उत्साहित बनेका मात्रै छैनन उनीहरु अहिले टिकटको लागि शक्ति केन्द्र धाउन थालिसकेको एक नेताले बताए ।
महानगरपालिका को वडा नं ६ ,गोकर्णेश्वर नगरपालिकाको ९ वटै वडा र कागेश्वरी मनोहरा नगरपालिका को वडा नं १,२ र ३ मिलेर बनेको क्षेत्र नं ३ मा नेपाली कांग्रेस मा अहिले वर्तमान मन्त्रि अम्बिका बस्नेतको चर्चा छ भने यस क्षेत्रमा अन्य नेताले बाहिर दावी प्रस्तुत गरेका छैनन् ।
त्यस्तै काठमाडौं जिल्ला निर्वाचन क्षेत्र नं ३ को प्रादेशिक क्षेत्र तर्फ क्षेत्र नं १ मा काठमाडौं महानगरपालिका वडा नं ६ र गोकर्णेश्वर नगरपालिका वडा नं ५ र ९ रहेका छन भने प्रादेशिक क्षेत्र नं २ तर्फ गोकर्णेश्वर नगरपालिका वडा नं १,२,३,४,६,७,८ र ९ साथै कागेश्वरी मनोहरा नगरपालिकाका वडा नं १,२ र ३ रहेका छन ।
यस क्षेत्रमा नेपाली कांग्रेसको तर्फ बाट अहिले टिकट दौडमा यस क्षेत्रका विभिन्न स्थानीय नेताहरु लागेका छन ।
काठमाडौं क्षेत्र नं ३ को प्रादेशिक क्षेत्र नं १ मा गजेन्द्र लामा ,दिपक रिसाल ,लता घिमिरे ,दिवाकर न्यौपाने र छिरिंग दोर्जे लामा टिकटको दौडमा अगाडी रहेका छन ।
त्यस्तै प्रादेशिक क्षेत्र नं २ मा विष्णुदेवी पुडासैनी ,रामलाल श्रेष्ठ ,श्रीकृष्ण खड्का र परशुराम पोखरेल,गोविन्द पुडासैनी,बिमल ठकुरी र सुदर्शन सिग्देल टिकटको दौडमाअगाडी छन ।