काठमाडौ क्षेत्र नं ५ प्रादेशिक क्षेत्रमा एमालेका आकांक्षीहरु
कपन अनलाइन
काठमाडौ,भाद्र ३०
नेपाल सरकारले प्रतिनिधि सभा र प्रादेशिक सभाको निर्वाचन मिति तय गरिसकेको अवस्थामा अहिले दलहरुको आन्तरिक संगठनमा को उम्मेदवार बन्ने भन्ने आन्तरिक चर्चा सुरु भै सकेको छ । २ नं प्रदेश बाहेकका अन्य स्थानमा यस्ता बहसले अहिले पार्टीका आन्तरिक बैठक र बाहिर चर्चाको लागि स्थान पाउन थालीसकेका छन ।
काठमाडौं जिल्लाको क्षेत्र नं ५ मा पनि यो चर्चा सुरु भएको छ ।क्षेत्र नं ५ मा काठमाडौ महानगरपालिका वडा नं २,३,४,५ ,बुढानिलकण्ठ नगरपालिका वडा नं ३,४,५,६,७ र टोखा नगरपालिका को वडा नं ४,५,६ र ७ मिलेर बनेको छ ।
जसमा प्रादेशिक क्षेत्र १ मा काठमाडौं महानगरपालिकाका वडा नं २,४ र ५ परेका छन भने प्रादेशिक क्षेत्र नं २ मा काठमाडौं महानगरपालिकाको वडा नं ३, बुढानिलकण्ठ नगरपालिका का वडा नं ३,४,५,६,७ र टोखा नगरपालिकाका वडा नं ४,५,६ र ७ रहेका छन ।
यस निर्वाचन क्षेत्रको प्रतिनिधिसभामा नेकपा एमालेका महासचिव ईश्वर पोखरेल उठ्ने निश्चित प्राय रहेको एमाले क्षेत्र नं ५ का एक नेताले बताए । उनले इच्छा नगरेको खण्डमा मात्र अन्य विकल्प खोजिने उनले बताए ।
यस क्षेत्रमा प्रादेशिक क्षेत्रमा रहेका २ वटा प्रादेशिक क्षेत्रका सम्भावित उम्मेदवारहरुको वारेमा यहाँ चर्चा गरिएको छ ।
क्षेत्र नं ५ प्रादेशिक क्षेत्रका आकांक्षीहरु
काठमाडौं क्षेत्र नं ५ प्रादेशिक क्षेत्र नं १ मा यस क्षेत्रमा लामो समय देखि क्रियाशील रहेका नेताहरु भएकोले पनि दावी गर्ने आकांक्षीहरु धेरै रहेका छन ।त्यस मध्ये अहिले एमाले प्रदेस नं ३ का सदस्य नारायण सिलवाल ,पुर्व क्षेत्रीय अध्यक्ष हरी अधिकारी र धुर्व थपलिया अग्रभागमा देखिएका छन ।उनीहरुले आन्तरिक रुपमा तयारी थालेको एक नेताले बताए।
त्यस्तै क्षेत्र नं ५ प्रादेशिक क्षेत्र नं २ मा पनि आकांक्षीहरु आन्तरिक छलफल र तयारीमा लागेको एमाले ५ का एक नेताले कपन अनलाइनलाई बताए। यस क्षेत्रमा पुर्व सभासद तथा एमाले जिल्ला कमिटि सदस्य शान्ती अधिकारी,जिल्ला कमिटि सदस्य तथा बुढानिलकण्ठ नगरपालिकाका संयोजक दीपक निरौला ,जिल्ला कमिटि सदस्य नारायणभाइ श्रेष्ठ र अष्ट नारायण डंगोल अग्रपंक्तिमा देखिएका छन ।
अहिले आकांक्षीहरु दौड धुपमा लागि सकेको भएता पनि कसैले सार्वजनिक रुपमा दावी भने गरेका छैनन् । नेताहरुको घर धाउने र आन्तरिक रुपमा धेरै कोठे बैठकको क्रम भने सुरु भैसकेको एक एमाले नेताले बताए ।