ओम अस्पतालको ओपीडी सेवा अनिश्चितकालका लागि बन्द
कपन अनलाइन
काठमाडौ,भाद्र ३०।
विरामीको मृत्युलाई लिएर उत्पन्न तनावका कारण चावहिलस्थित ओम अस्पतालको ओपीडी सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ ।अस्पतालले सुचना जारी गर्दै अर्को निर्णय नभएसम्मका लागि अस्पतालको ओपिडी सेवा बन्द गर्ने निर्णय गरेको हो ।
नाकको शल्यक्रिया गर्ने क्रममा ४० वर्षीया कमला भट्टराईको मृत्यु भएपछि मृतकका आफन्तले अस्पतालमा विरोध सहित नाराबाजी गर्दै आएका छन् ।
मृतकका परिवार तथा अस्पताल प्रशासनबीच दिउँसो दुई बजे सुरु भएको वार्ता टुङ्गोमा पुग्न सकेन जसले गर्दा अस्पतालमा अझै तनावको अवस्था रहेको अस्पताल श्रोतले बतायो ।ओम अस्पतालमा विरामीको मृत्युलाई लिएर स्वास्थ्य मन्त्रालयले बुधबार नै उच्चस्तरीय छानबिन समिति गठन गरेकेा छ।
अस्पतालले भने चिकित्सकको लापरवाहीका कारण विरामीको मृत्यु नभएको दावी गर्दै स्वास्थ्य मन्त्रालयबाट गठित उच्चस्तरीय छानविन टोलीलाई छानविनमा पूर्ण सहयोग गर्न आफूहरु तयार रहेको बताएको छ ।