सिंगापुरलाई हराउँदै नेपाल समूह विजेता

सिंगापुरलाई हराउँदै नेपाल समूह विजेता

कपन अनलाइन 

काठमाडौँ, २९ भाद्र ।

मलेसियामा जारी एसीसी यू–१९ इस्टर्न रिजन प्रतियोगिता अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले  सिंगापुरलाई सात विकेटले पराजित गरी समूह ‘ए’ को विजेता बनेको छ ।

टस जितेर ब्याटिङ गरेको सिंगापुरले २८.३ ओभरमा सवै विकेट गुमाएर ६७ रन बनायो । नेपालले १३.४ ओभरमा तीन विकेट गुमाएर विजयी लक्ष्य पुरा गर्यो । सिंगापुरका लागि सिद्धान्तले २० तथा रोहन रंगराजनले ११ रन बनाए । बलिङ तर्फ नेपालका लागि पवन सर्राफले ६ विकेट लिए । उनले आठ ओभर बलिङ गर्दै चार मेडन राखेर मात्र १२ रन दिए । किशोर महतोले २  तथा सन्दिप लामिछाने र कप्तान दिपेन्द्रसिंह ऐरीले समान १ –१  विकेट लिएका थिए ।

नेपालका लागि सन्दिप सुनारले २० रन, अनिलकुमार साहले १८ र आशिफ शेखले छ रन बनाए । अमित महर्जन १० र सन्दिप जोरा सात रनमा अविजित रहे । बलिङतर्फ सिंगापुरका अभि दीक्षितले २  र अंश भार्गभले १  विकेट लिएक थिए  ।

तपाइँको प्रतिक्रिया ।