कोका–कोलाको मेगा अफर दशैं तिहार ‘‘मन खोलौं कोकसंग ’’ सार्बजनिक

कोका–कोलाको मेगा अफर दशैं तिहार ‘‘मन खोलौं कोकसंग ’’ सार्बजनिक

कपन अनलाइन

काठमाडौ,भाद्र २९ ।

कोका–कोला नेपालले मेगा दशैं तिहार उपभोक्ता प्रबद्र्धन अभियान ‘‘मन खोलौं कोकसंग ’’ सार्बजनिक गरेको छ । यो अभियान यहि भाद्र २०, २०७४ देखि शुरु भएर असोज ३० गतेसम्म वा स्टक उपलब्ध रहेसम्म (जुन पहिले सम्पन्न हुन्छ) नेपाल भरी संचालन हुनेछ ।

कोका–कोलाले उपभोक्ताहरुलाई आकर्षित गर्न नियमित रुपमा नै विभिन्न किसिमका प्रबद्र्धनात्मक कार्यक्रमहरु तथा अभियानहरु संचालन गर्दै आएको छ । उपभोक्ताको आवश्यकता र आकांक्षालाई ध्यानमा राखेर कोका–कोलाले यस अघि पनि विभिन्न उत्साहप्रद किसिमका उपहारहरु जित्ने अवसर प्रदान गरेको थियो ।

जसले उपभोक्ताहरुसंग कोका–कोलालाई सशक्त सम्बन्ध विकास गरिरहन सहयोग गरेको छ । यो वर्ष, कोका–कोलाले यसभन्दा अघि कहिले नभएको योजना सार्बजनिक गरेको छ ।

यो वर्षको अभियान मोटरबाईक जित्ने विशेष अवसरका साथ आएको छ । यसमा एउटा टिभीएस स्ट्राइकर १२५ सीसी प्रत्येक दिन जित्न सकिने छ । यो अभियान अन्तरगत अन्य आकर्षक पुरस्कारहरु, दैनिक ४ वटा एलजी एलईडी टिभीहरु र रु.१०० को मोबाइल रिचार्ज ई सेवाको माध्यमबाट दैनिक रुपमा ४०० जनाले जित्न सक्नेछन् ।

यो अभियानमा सहभागी हुनका लागि, लेबलको मुनि भएको १० अंकको यूनिक कोड हेरेर ३७७२२ मा बिहान ११ बजेदेखि बेलुकी ७ बजे भित्र एसएमएस गर्नुपर्नेछ र सो एसएमएसलाई त्यही दिनको लक्की ड्रमा समावेश गरिनेछ । पुरस्कार प्राप्त गर्नका लागि सक्कली लेबलका साथमा बिजेता भएको यूनिक कोड अनिवार्य पेश गर्नु पर्ने कम्पनिबाट जारी प्रेस बिज्ञप्तिमा उल्लेख गरेको छ। यो योजना बाहेक पनि स्टकहरु उपलब्ध रहेका छन् । अन्य बिस्तृत जानकारीहरु राष्ट्रिय दैनिकहरुबाट प्रदान गरिनेछ ।

कोका–कोला, फान्टा र स्प्राइटको ५०० मिली लिटर, १.५ लिटर र २.२५ लिटरको प्याकका साथमा अतिरिक्त रिफ्रेसमेन्टका साथै मेगा दशैं उपहारहरु जित्न सकिने छ  ।

 

 

तपाइँको प्रतिक्रिया ।