आश्विन २१ देखी २९ सम्म प्रथम दक्षिण एसियाली जोरखाने तथा कुस्ती पेहलवनी प्रतियोगीता हुने

आश्विन २१ देखी २९ सम्म प्रथम दक्षिण एसियाली जोरखाने तथा कुस्ती पेहलवनी प्रतियोगीता हुने

 कपन अनलाइन

काठमाडौ,भाद्र २४ /बद्री भट्टराई

नेपाल जोरखाने संघको आयोजनमा आगामी असोज २१ देखी प्रथम दक्षिण एसियाली जोरखाने तथा कुस्ती प्रतियोगीताको आयोजना हुने भएको छ । भाद्र ३१ देखी हुने तय भएको कार्यक्रम प्राविधिक कारणवस असोज महिनाको लागि तय गरिएको संघका वरिष्ठ उपाध्यक्ष सुर्य बुढाथोकीले बताएका छन । प्रतियोगीता सञ्चालनका लागि कुल ८२ लाख लाग्ने संघका महासचिव रवि घिमिरेले बताएका छन ।

दक्षिण एसियाका नेपाल, भारत पाकिस्थान, श्रीलङ्का भुटान बंगलादेश, अफगानीस्थान , माल्दिप्स गरी ८ राष्ट्रका ८० खेलाडीले सहभागीता जनाउने घिमिरेले बताए । एसियाली राष्ट्रहरुका नेपालले पदक प्राप्त गर्ने खेलका रुपमा जोरखाने स्थापित हुदै गइरहेको अवस्थामा नेपालमा नै यस प्रकारको प्रतियोगीता आयोजना हुनाले खेलाडी, प्रशिक्षक र संघलाई समेत उत्साह थपिएको हुँदा जोराखाने संघ आवश्यक सबै तयारीका लागि जुटिरहेको संघका अध्यक्ष सुरेन्द्र मान्नधरले बताएका छन ।

तपाइँको प्रतिक्रिया ।