चन्द्रागिरी नगरपालिका वडा नं १ का योजना तथा कार्यक्रमहरु
कपन अनलाइन
काठमाडौ,भाद्र २१।
चन्द्रागिरी नगरपालिका वडा नं १ का मुख्य तथा सहायक सडकहरुको विस्तार,मर्मत ,सुधार र निर्माण गरि वडाका सबै स्थानमा सहज आवागमनको व्यवस्था गर्दै वडा लाई भौतिक,शैक्षिक र सांस्कृतिक रुपमा सम्पन्न बनाउने मुख्य योजना रहेको अध्यक्ष राजेन्द्र केसीले बताए ।
वडा नं १ का मुख्य तथा सहायक सडकहरुमा बलम्बु, दहचोक ,खहरे ,गुरुङचा पसल(दहचोक खण्ड )को सडक मर्मत सुधार गर्ने ,इन्द्रदह इन्द्रेश्वोर सडक स्तरुन्नती गर्ने ,पन्चकन्या इन्द्रदह सडक स्तरुन्नती ,कालापानी भगत टोल सडक ढलान तथा नाली निर्माण मर्मत गर्ने ,सृजना चोक ,रक्तेढुङा सम्पदा बस्ती सडक स्तरुन्नती गर्ने ,मितेरी मार्ग धनबास भुते ओडार सडक सुधार गर्ने ,ठुलोखोला तल्लो टोल ,डाडाघर सडक मर्मत सुधार गर्ने , बुभान सडक स्तरुन्नती गर्ने ,ट्रान्सर्फमर देखि डाडाघर जोड्ने सडक स्तरुन्नती गर्ने ,खहरे सुमारा देवी स्थान बिन्दबासिनी सडक ग्राबेल गरि नाली निर्माण गर्ने ,त्रिबेणि चोक खहरे सडकलाई टेवा दिन पर्खाल निर्माण गर्ने योजना रहेको अध्यक्ष केसीले बताए ।
त्यस्तै सृजनाचोक मनमोहन हस्पिटल जाने सडक र ऋचा स्कुल जाने बाटो ग्राबेल गर्ने ,माने झागाझिटी जाने बाटो ग्राबेल गर्ने ,भवन केसीको घर देखि दलित बस्ती शेरेफाट जाने बाटो निर्माण मर्मत गर्ने ,भिमसेन बखतीको घर देखि मितेरी मार्ग जोड्ने अधुरो ढल तथा नाली सुधार गर्ने ,काफल टार सडकमा टेवा दिन पर्खाल र नाली निर्माण गर्ने योजनाका साथै गणेश मार्ग ,बिष्णु तामाङको घर मुनिको बाटो उकालो ढलान ईन्द्र ज्योति जनचेतना मार्ग स्तरुन्नती गर्ने ,गहते सानू को पुरानो घर देखि माथिल्लो टोल जाने बाटो मर्मत निर्माण गर्ने ,साबिक वडा नम्बर ८ बाहुन डाडा हुँदै खत्री टोल ,सरुवाको पाखो ,जैसीधारो ,कार्किटोल सडक रेखांकन वा मितेरी मार्ग गहते जाने खहरे माथी जङ्गल हुँदै सेतिदेबी स्थान ,खत्रीटोल ,गुरुङ डाडो सुब्बा पाखो जैसी धारा, कार्की टोल सडक रेखांकन गर्ने ,त्रिबेणि घाट पुलको स्ल्याब ढलान ,कपिलको घर अगाडि सृजनाचोक तथा कर्कले सडक काजिको घर पछाडि टेवा पर्खाल निर्माण गर्ने ,साबिक वडा नम्बर ६मगर गाउँ पधेरो देखि कोतघर सम्म जाने पैदल मार्गमा सिडि निर्माण गर्ने ,बिनोद भण्डारीको घर देखि शिव मन्दिर पैदलमार्गमा सिडि निर्माण गर्ने , इन्द्रेश्वोर सडक मोड सुधार गर्ने र वडा कार्यलय आउने बाटो स्तरुन्नती गर्ने योजना रहेको अध्यक्ष केसीले बताए ।
वडा नं १ को खानेपानीको समस्या समाधानको लागी एक घर एक धाराको अवधारणा अनुरुप चालिसे कुलो अधुरो बाकी काम पूरा गर्ने ,सुनपानी माने चौतारो खानेपानी सुधार गर्ने,साबिक २ को गैरी गाउँ खानेपानी ट्यान्की मर्मत सुधा र्गर्ने ,आछामी खानेपानी मर्मत सुधार गर्ने ,दहचोक डाडा गुम्बा नजिकको खानेपानी ब्यबस्थित गर्ने ,पानी घाट र जैसीधारा खानेपानी मर्मत सुधार गर्ने ,साबिक वडा नम्बर ८,र ५ को सिमा वरपर कुमार परियारको टोललाई खाने पानी मर्मत गरि बितरण ब्यबस्थित गर्ने ,ठुलो पधेरो ,छाप पधेरो ,बुटिन कुवा मर्मत सुधार गर्ने योजना बनाएको अध्यक्ष केसीले बताए ।
जेष्ठ नागरिक लाई सम्मान गर्ने देश दर्शन गराउने ,साथै जेष्ठ नागरिक सुरक्षा भत्ता घरमानै पुर्याउन पहल गर्ने तथा वडाका कृषि योग्य जमिनमा आधुनिक प्रविधि बाट खेतीका लागी क्षमता अभिबृद्दी कार्यक्रम संचालन गर्नुका साथै पिछ्डा बर्ग ,दलित ,बिपन्न जनजाति उत्त्थान कार्यक्रम गर्ने , महिला युबा लक्षित तालिम संचालन गर्ने योजना रहेको अध्यक्ष केसीले बताए ।
वडा नं १ मा रहेका सार्वजनिक जग्गाहरुको संरक्षण गरी उचित स्थानमा भौतिक निर्माण गर्ने योजना बनाएको छ जसमा सामुदायिक भवन सुधार गर्ने ,सिमधारा क्रियापुत्री भवन निर्माण गर्ने ,मालधारा क्रिया पुत्री भवन निर्माण , दशनामी समाधिस्थल पाटी र पुर्वाधार निर्माण गर्ने ,खहरे आरधना मण्डली भौतिक पुर्वाधार निर्माण गर्ने प्राथमिकतामा परेका छन ।
वडा नं १ मा रहेका धार्मिक तथा पुरातात्विक सम्पदाहरुको संरक्षण गर्ने योजना बनाएको वडाले कालेपानी शिव मन्दिर पाटीमा रेलिङ मर्मत गर्ने ,हिटि धारा गौचरण मर्मत तथा संरक्षण गर्ने ,कृष्ण मन्दिर प्रणामी भौतिक पुर्वाधार निर्माण गर्ने ,गणेश मन्दिरमा टेवा पर्खाल निर्माण गर्ने , साबिक वडा नम्बर ४ मा रहेकी पन्चकन्या मन्दिर जिर्णोदार गर्नुका साथै अन्य मठ मन्दिर संरक्षण गरि आवस्यकता अनुसार मर्मत गर्ने कार्यलाई विशेष योजनामा राखेको छ ।
वडा नं १ मा पर्यटन प्रवर्धनको प्रचुर सम्भावना रहेकोले इन्द्रदह एकीकृत पर्यटन बिकास कार्यक्रम संचालन गर्ने ,ऐतिहासिक पार्क निर्माण गर्ने ,शहरी बिकास मन्त्रालयबाट प्राप्त ६० लाख बजेट बाट इन्द्रदह र कालू पाण्डे समाधिस्थल संरक्षण गर्दै पुर्वाधार निर्माण गरी इन्द्रदह संरक्षण गर्ने आन्तरिक र बाह्य पर्यटन वृद्धि गर्न विशेष कार्यक्रम संचालन गर्ने अध्यक्ष केसीले बताए ।
वडा नं १ को स्वास्थ्य चौकीको स्तरउन्नति गर्ने तथा वडाको शैक्षिक सुधारका लागी नबदुर्गा आधार भुत विद्यालय ,जनचेतना आधार भुत ,श्री कृष्ण मा.बी र इन्द्रज्योती आधारभुत बिद्यालयलाई शैक्षिक सामाग्री उपलब्ध गराउने योजना रहेको अध्यक्ष केसीले बताए ।
वडाको उचित स्थानमा खेलमैदान निर्माण गरि खेलकुदको बिकास गर्ने र सेवाग्राहीलाई कार्यलयमा मुस्कान सहित सेवा छिटोछरितो उपलब्ध गराउने योजना बनाएको वडा नं १ मा अध्यक्ष केसीको साथमा शान्ता गिरी , सरस्वती रोक्का, गोबिन्द थापा र मणिराम गिरी जन प्रतिनिधि रहेका छन ।