एमालेको युवा संघले मधेसमा खटायो ८ सय ९ जनाको निर्वाचन परिचालन कमिटी

कपन अनलाइन

काठमाडौ ,भाद्र २१ ।

नेकपा एमालेको  भातृ संगठन युवा संघ नेपालले मधेसको निर्वाचनका लागि शक्तिशाली कमाण्डो टोली खटाएको छ । मधेसमा शान्तिपूर्ण निर्वाचन गर्नका लागि जिम्मेवार नागरिकको तर्फबाट सुरक्षार्थ खट्ने जिम्मेवारी सहित युवा संघले ८ सय ९ जनाको कमाण्डो टोली खटाएको हो । टोली आजैदेखि कार्यक्षेत्रमा खटेको छ ।

प्रदेश नं. २ को चुनावमा पार्टीलाई पहिलो बनाउनका लागि यो कमाण्डो टोलीले काम गर्नेछ । कमाण्डो परिचालनका लागि संगठनका पदाधिकारीले अनुगमन तथा निर्देशन दिनेछन् । टोलीमा भुगोलमा रहेका सम्बन्धित केन्द्रीय सचिवालय, केन्द्रीय सदस्यहरु, लेखा र अनुशासन आयोगका सदस्यहरु, प्रदेश कमिटीका सम्पूर्ण सदस्यहरु, जिल्ला कमिटीका सम्पूर्ण सदस्यहरु र क्षेत्र तथा नगरका सम्पूर्ण सदस्यहरु रहने युवा संघका स्थायी कमिटी सदस्य प्रभातबिक्रम कटवालले जानकारी दिए ।

युवा संघका उपाध्यक्ष रमेश पौडेलका अनुसार कमाण्डो परिचालनका लागि केन्द्रीय निर्वाचन परिचालन तथा अनुगमन कमिटी पनि बनेको छ । जसले कमाण्डो टोलीलाई अनुगमन तथा निर्देशन दिनेछ । जसका लागि अध्यक्ष राजिव पहारी मुल अनुगमनकर्ता, उपाध्यक्ष रमेश पौडेल मुल संयोजक रहेका छन् । बैठकले ७ जिल्लामा कमाण्डो परिचालनका लागि जिल्ला संयोजक पनि तोकेको छ ।

जिल्लामा तोकिएका संयोजकहरु

सप्तरी – निरन्जन झा

संयोजक सिरहा – संजीव झा

संयोजक धनुषा – जोगी यादब

संयोजक महोत्तरी – शिबचन्द्र सिंह

संयोजक सर्लाही – उत्तर मैनाली

संयोजक रौतहट – मन्जुर आलम

संयोजक बारा – ध्रुब यादब

संयोजक पर्सा – बिकास रौनियार

संयोजक युवा संघ नेपालका उपाध्यक्ष रमेश पौडलले भने, मुलुकलाई बचाउन र मुलुकको संवृद्धिको लागि एमाले कटिबद्ध रहेको छ । सिंगो देश नै निर्वाचनमा केन्द्रित रहँदा, एमालेले जनतासँग प्रत्यक्ष सरोकार राख्दै एमाले दुई नंबर प्रदेशमा पहिलो बन्नेछ पौडेलले दावी गरे । युवा संघ नेपालका महासचिव किरण पौडेलले चुनावी एजेण्डामा मात्र नभएर एमाले नेपाली जनताको शिर उचो बनाउने पार्टी भएकाले पार्टी जिताउन संगठन होमिएको दावी गरे । एमालेले स्थानीय चुनावमा जुन नतिजा हासिल गर्यो त्यो गर्वको विषय हो । एमाले जनताको पक्षमा, न्यायको पक्षमा उभिरहेका कारण नै पहिलो पार्टीको रुपमा स्थापित भएको छ उनले भने ।

२ नं प्रदेशको स्थानीय तहको निर्वाचनमा युवा संघले जोड कसरत गरिरहेको छ । एमाले गुटबन्दीमा विश्वास गर्दैन, जस्तो परिस्थिति आएपनि एमालेले डटेर सामना गर्ने छ महासचिव पौडेलले धारणा राखे । युवा संघका स्थायी कमिटी सदस्य प्रभातबिक्रम कटवालले युवा संघ नेकपा एमालेलाई मधेसमा पहिलो पार्टी बनाउन खटिएको जानकारी दिए । हामी वैचारीक र रणनीतिक रुपमा योग्य युवा मधेसमा छौ । मधेसलाई पूर्ण सुरक्षा दिएर शान्तिपूर्ण तरिकाले निर्वाचन सम्पन्न गराउन भूमिका खेल्नेछ ।

तपाइँको प्रतिक्रिया ।