दक्षिणकाली नगरपालिका वडा नं. २ का योजना तथा कार्यक्रमहरु

दक्षिणकाली नगरपालिका वडा नं. २ का योजना तथा कार्यक्रमहरु

कपन अनलाइन 

काठमाडौ,भाद्र १९।

दक्षिणकाली नगरपालिका वडा नं. २ का सडक तर्फ लाकुरी बाट ११ घर जाने मोटर बाटो निर्माण गर्ने, ढुङ्गेधारा देखी टप्पल जाने मोटर बाटो निर्माण गर्ने, खोकना जन मावी  जाने बाटो ढलान गर्ने र पातिङगल जाने मोटर बाटो निर्माण गर्ने साथै अन्य शाखा सडकहरु  आवश्यकता हेरी मर्मत सुधार गर्ने मुख्य योजना रहेको वडा अध्यक्ष रामचन्द्र क्षेत्रीले बताए ।

वडा नं. २को खानेपानी समस्याको समधानका लागि तौथली बृहत खानेपानी आयोजना व्यवस्थित गर्ने, नैखण्डी खानेपानी आयोजना कामधेनु व्यवस्थित गर्ने र पाखाथोक खानेपानी संचालन गर्ने योजना रहेको वडा अध्यक्ष क्षेत्रीले बताए ।

जेष्ठ नागरिकहरुलाई सम्मान गर्ने र सामाजिक सुरक्षा भत्ता अशक्तलाई घरमा नै पुर्याउने  योजना  वडा नं २ ले बनाएको छ ।

वडा नं.२ का सार्वजनिक जग्गा संरक्षण गरिने अभिलेख राखी रेखांकन गरिने, सार्वजनिक जग्गामा शौचालय निर्माण गर्ने, पाखाथोकमा सिचाइ कुलो निर्माण गर्ने, नैखन्डी सिचाइ कुलो निर्माण गर्ने, पाखाथोकमा क्रियापुत्री भवन निर्माण गर्ने, ग्वाल्दहमा महिला भवन निर्माण गरिनुका साथै नगरकोटी क्रियापुत्री भवन निर्माण गर्ने र काली नाग र सेती नाग मन्दिर मर्मत गर्ने योजना वडा नं. २ले बनाएको छ ।

वडामा रहेका शैक्षिक गुणस्तर सुधारको लागि पहल गर्ने, कामधुने मावीको भौतिक पुर्वधार निर्माण गर्ने, बालबालिका क्षमता विकास सम्बन्धित कार्यक्रम आयोजना गर्ने र कृष्ट रोगी परिवारको औषधि वितरण का साथै एम्बुलेन्स सेवाको योजना रहेको वडा अध्यक्ष क्षेत्रीले बताए ।

वडा भित्र रहेका महिला तथा युवाको लागि आय आर्जन सीप मुलक तालिम सञ्चालन गर्ने साथै आइ.पि.टि तालिम दिने योजना वडाले बनाएको छ । वडामा सेवा लिन आउने सेवाग्रहीहरुलाई मुस्कान सहितको छिटोछरितो सेवा प्रदान गर्ने योजना रहेको वडा अध्यक्षले बताए ।

वडा कार्यालय  व्यवस्थित गर्ने योजना बनाएको वडा नं. २ मा अध्यक्ष क्षेत्रीका  साथमा कविता खत्री, प्रमिला परियार, गङ्गा नगरकोती र सरोज के.सी जनप्रतिनिधि रहेका छन् ।

 

तपाइँको प्रतिक्रिया ।