कीर्तिपुर नगरपालिका वडा नं ४ का योजना तथा कार्यक्रमहरु

कीर्तिपुर नगरपालिका वडा नं ४ का योजना तथा कार्यक्रमहरु

कपन अनलाइन

काठमाडौ,भाद्र १२ ।

कीर्तिपुर नगरपालिका वडा नं ४ को भस्मासुर डाडा र चम्पादेबी जानको लागी हाइकिङ रुट बिकास गरी चुनपहरो बन उपभोक्ता  समितिको डाडामा भ्यु टावर बनाउने तथा बोसन देखी  शान्ति बनको सिमाना सम्म साइकलिङ रुट बनाउने मुख्य योजना रहेको अध्यक्ष राजेन्द्र बानियाले बताए ।

वडा नं ४ का मुख्य तथा सहायक सडकहरुको विस्तार ,मर्मत ,सुधार र निर्माण गर्दै वडाका सबै स्थानमा सहज यातायातको व्यवस्था गर्ने योजना रहेको अध्यक्ष बानियाले बताए ।

यस्ता मुख्य तथा सहायक सडकहरुमा गाम्चा चौर देखी सल्यानथान हुँदै चन्द्रागिरी नपाको  बिष्णुदेवी मन्दिर सम्म जाने बाटोलाई बैकल्पिक बाटोको रुपमा साइड ड्रेन सहित कालोपत्र गर्ने , कुलेश्वर मन्दिर देखी भगवान स्थान हुदै तल्लो गाम्चा सम्मको बाटो कालोपत्रे गर्ने ,दुधपोखरी देखी ढलको बाटो हुँदै चोभार निस्कने बाटो ट्रायक खोली ग्राबेल गर्ने ,भगवान स्थान क्लब देखी झुलपोखरी हुँदै प्रगति हाइटको बाटो साइड ड्रेन सहित कालोपत्रे गर्ने , थापागाउको बाटो हमाल चोक देखी रमेशको पसलसम्म ठाउँठाउँमा रेटेनिङ बाल सहित कालोपत्र गर्ने ,चन्द्रेको चौर देखि खरिबोट सम्मको बाटो ग्राबेल गर्ने , प्रगतिनगर गेट देखी छुगाउ रारा हिल सम्म कालोपत्र गर्ने योजना रहेको अध्यक्ष बानियाले बताए ।

त्यस्तै चर्च माथिको बाटो देखि शितल बस्ती हुँदै गाम्चाको कालिकास्थान चौर सम्मको बाटो कालो पत्रे गर्नुपर्ने ,मानेडाडा तामाङ गाउँ महाकाल टोलमा कुलो निर्माण गरि मगरगाउँ जाने बाटो स्तरुन्नती गर्ने , पुस्पलाल माथिल्लो गेट बाट पश्चिम खोलातर्फ जाने बाटो ट्र्याक खोलि ग्राबेल गर्ने र माझगाउ रानीवन जोड्ने बाटो केहि खन्ड साइड ड्रेन सहित ढलान गर्ने , वडा कार्यलय बाट बस्नेत गाउँ सिम्ले खोला हुँदै जाने बाटो स्तरउन्नति  सहित कालो पत्रे गर्ने ,बालकुमारी स्कुल देखी कालिकास्थान गाम्चा चौर सम्म तत्काल ग्राबेल गर्ने र पछि ढलान गर्ने ,सिम्लेखोला हुँदै पिपल बोटको ट्र्याक खोली बाटो स्तरुन्नती गर्ने ,ज्वालादेवी  माथी भिरोलो बाट बिश्व थापाको घर हुँदै बुडुङ थुम्को जाने बाटो साइड ड्रेन सहित ढलान गर्ने , धाराको भिरबाटो चम्पादेबी पाउ जाने बाटो ढलान गर्नु पर्ने लगायत अन्य साखा र सहायक मार्गहरुमा आवश्यकता हेरि मर्मत सुधार गरी  कालोपत्र र ढलान गरी  स्तरुन्त्ती गर्ने योजना रहेको अध्यक्ष बानियाले बताए ।

वडाको खानेपानीको समस्या समाधानका लागी वडामा भएको पानीको श्रोत संरक्षण गर्ने मर्मत गरि पानीको सहज ब्यबस्थापन गरी  बितरणको लागी पहल गर्ने ,जलाधारको मुल संरक्षणको लागी बृक्षारोपण गर्ने ,पुष्प लाल प्रतिस्ठान माथि करिब ५००,०००(पाच लाख ) लिटर को रिजर्भ ट्यान्की ३ ठाउँमा निर्माण गर्ने र खरीबोटमा (थापा गाउमा ) पानी ट्यान्की निर्माण गर्ने योजना रहेको अध्यक्ष बानियाले बताए ।

वडा नं ४ का सार्बजनिक जग्गा संरक्षणका लागी रेखांकन गरी अभिलेख राख्ने साथै वडाका प्राचीन ऐतिहासिक पुरानो बाघ भैरब चम्पादेवी जस्ता मठ मन्दिर संरक्षण गर्ने र वडाका उचित स्थान छनौट गरि बनभोज स्थल र खेल मैदान बनाउने बनाउने र जमिन तथा जङ्गलको उचित संरक्षण गरी पर्यटकिय क्षेत्र घोषणा गर्ने योजना वडा नं ४ को रहेको छ ।साथै वडा कार्यलयको खाली जग्गामा बाल उधान बनाउने योजना पनि वडाले बनाएको छ ।

जेष्ठ नागरिकलाई सम्मान गर्दै अशक्तहरूलाई सामाजिक सुरक्षा भत्ता घरमा नै पुर्याउने तथा जेष्ठ नागरिक तथा अपांगता भएका ब्यक्तिहरुलाइ किर्तिपुर अस्पतालमा निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्ने अध्यक्ष बानियाले बताए ।

महिला र युवा लक्षित कार्यक्रम तर्फ वडामा रहेका करिब १००/१०० महिला पुरुषलाई विभिन्न आयमुलक तथा नेतृत्व बिकास लगायत अन्य सिपमुलक तालिम उपलब्ध गराउने साथै उत्पादन मुलक कार्यमा लाग्न प्रेरित गर्ने योजना वडा नं ४ को रहेको छ ।

वडा नं ४ को  शैक्षिक गुणस्तर सुधारको लागी आवश्यक पहल गर्ने तथा विभिन्न स्थानमा सौर्य बत्ती जडान गर्नुका  साथै बसपार्क व्यवस्थित गर्ने योजना वडाको रहेको छ ।

वडा नं ४ को  स्वास्थ्य चौकीको सेवामा गुणस्तर बृदि गरि स्तरुन्नती गर्ने र ठूलो पधेरो नजिक को क्रियापुत्री भवन सहित वडामा भएका अन्य भवन मर्मत गर्ने तथा चुनदेवी भवन पाटीमा तल्ला थप गर्ने योजना रहेको अध्यक्ष बानियाले बताए ।

वडामा बसोवास गर्ने जनजातिहरुको प्राचीन बाजा संस्कृति संरक्षण गर्ने तथा पृथ्वीनारायण शाहका ऐतिहासिक गढीहरु संरक्षण गर्ने योजना वडा नं ४ को रहेको छ ।

वडामा आउने  सेवाग्राहीलाई मुस्कान सहित छिटोछरितो सेवा दिई सुशासन कायम गर्ने योजना बनाएको वडा नं ४ मा अध्यक्ष बानियाको साथमा सुरेन्द्र खनाल,अनिल बास्कोटा ,उर्मिला बस्नेत र शास्मिता तोलांगी जनप्रतिनिधि रहेका छन ।

 

 

 

 

 

 

 

 

तपाइँको प्रतिक्रिया ।