बुढानीलकण्ठमा एमाले नेताको घरमा निर्वाचन कार्यालय
कपन अनलाइन
काठमाडौ,भाद्र ४ ।
मतदाता नामावली संकलन गर्न खटिएका निर्वाचन आयोगका कार्यचारी बुढानीलकण्ठमा एमाले नेताको घरमा भेटिएका छन । मतदाता नामावली संकलन गरिरहेको अवस्थामा निर्वाचन आयोगका कर्मचारी समेत भेटिए पछी उक्त स्थानमा तनाव सृजना भएको हो।
बुढानीलकण्ठ नगरपालिकाका एमाले नगर संयोजक दिपक निरौलाको घरमा निर्वाचन कार्यालयका कर्मचारी भेटिएको भन्दै स्थानीयले विरोध गरेका हुन् ।उनीहरूका अनुसार क्षत्री थरका कर्मचारी नगरपालिकाका फोटोसहितको मतदाता नामावली संकलनका लागि खटिएका थिए । ति कर्मचारी सहित अन्यलाई भेटेपछि स्थानीय र अन्य दलकाका कार्यकर्ताहरुले नियन्त्रणमा लिने प्रयास गरेका थिए । त्यस समयमा पक्ष विपक्ष विच वाद विवाद भएपछी झडपको स्थिति सृजना भएको थियो ।
नगरमा मतदाता नामावलीका नाम लेखाउन जानेहरुको ठूलो भिड थियो । अपांग ,असक्त ,जेष्ठ नागरिकहरुले पनि समस्या भोगेको वेलामा कार्यालय समय भन्दा बाहेक त्यसरी मतदाता नामावली संकलन गरेको आरोप बुढानिलकण्ठका एक कांग्रेस नेताले लगाएका छन । यो एक ठाउँ मात्र हैन अन्य स्थानमा पनि गरिएको उनको आरोप छ।
नामावली संकलनको समय शनिबार सकिएको छ । तर एमाले नगर संयोजकको घरमा नाम संकलन भइरहेको थाहा पाएपछि कांग्रेस कार्यकर्ता पुगेका थिए । उनीहरु पुगे पछी त्यहाँ विवाद भएको थियो । यो केहि दिन देखि निरन्तर चली रहेको उनीहरुको आरोप छ।
एमाले बुढानिलकण्ठ संयोजक निरौला काठमाडौं जिल्ला कमिटि सदस्य पनि हुन् र उनि यस क्षेत्रका सम्भावना बोकेका नेताको परिचय बनाएका छन तर यो घटनाले उनलाई असर पर्न सक्ने नगरपालिकाका एक एमाले नेताले कपन अनलाइनलाई बताए ।