राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिताका लागि खेलाडी छानियो

१० बैशाख, काठमाडौ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको तर्फबाट प्रतिनिधित्व गराउन तेक्वान्दो खेलका लागि खेलाडी छनोट गर्ने उद्देश्यले यहाँ आयोजना गरिएको राष्ट्रिय खेलाडी छनोट कार्यक्रममा आठ पुरुष र आठ महिला गरी १६ जना खेलाडी छानिएका छन् ।tae-kwon-do-275x300
नेपाल तेक्वान्दो सङ्घले जनाएअनुसार पुरुषको ५४ केजीमा ताराकुमार रायमाझी, ५८ केजीमा रञ्जन श्रेष्ठ, ६३ केजीमा रोहित तामाङ, ६८ केजीमा सुजन जोशी, ७४ केजीमा सक्षम कार्की, ८० केजीमा अनोज पुजारी, ८७ केजीमा गोपाल पुटुवार तथा ८७ केजीमाथि मानबहादुर वाइवा छानिनु भएको छ ।
सङ्घद्वारा आयोजित प्रतियोगिताअन्तर्गत महिलाको ४६ केजीमा रेजिना कार्की, ४९ केजीमा यानकुमारी चौलागाईं, ५२ केजीमा सीता तामाङ, ५७ केजीमा प्रतिमा चन्द, ६२ केजीमा मनीता शाही, ६७ केजीमा मिरा काफ्ले, ७२ केजीमा प्रतिक्षा भण्डारी तथा ७२ केजीमाथि निशा रावल छनोट हुनु भएको छ ।
छनोट प्रतियोगिता विशेषगरी इण्डोनेसियामा हुने एसियाली तेक्वान्दो च्याम्पियनसीप तथा मेक्सिकोमा हुने विश्व तेक्वान्दो च्याम्पियनसिपका साथै अन्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितालाई मध्यनजर गरी आयोजना गरिएको हो ।
छनोटमा कुल ४० जनाले प्रतिस्पर्धा गरेका थिए । रासस

तपाइँको प्रतिक्रिया ।