बुढानिलकण्ठ नगरपालिका वडा नं १० ज्योतीनगरमा घरघरमा डाक्टर अभियान संचालन
कपन अनलाइन
काठमाडौ,साउन २१ ।
बुढानिलकण्ठ नगरपालिका वडा नं १० का विभिन्न टोलहरुमा अहिले स्वास्थ्य परिक्षण र अध्ययन भैरहेको छ ।नेपाल मेडिकल कलेज जोरपाटीको सहयोगमा त्यहाँ अध्ययनरत विद्यार्थीहरुको प्रयोगात्मक कक्षाका लागी यो अभियान संचालन भैरहेको हो ।पछिल्लो परिक्षण वडा नं १० को ज्योती नगरमा गरिएको थियो ।
यस अभियानमा नेपाल मेडिकल कलेजका छैटौ सेमेस्टरका बेसिक साइन्सका १३५ विद्यार्थीहरुले प्रति विद्यार्थी २ परिवारका दरले १ वर्ष सम्म नियमित स्वाथ्य अवलोकन र निरीक्षण गर्नेछन ।
अहिले सम्म ६२ घरहरुमा गएर यो स्वास्थ्य परिक्षण र अन्यअध्ययन गरिएको र यो अभियान निरन्तर चल्ने कार्यक्रमकी संयोजक देवी रेग्मीले बताइन ।
आउने आइतवार र सोमबार वालउद्दार मावीमा बुनपा १० स्वास्थ्य परिक्षण गर्ने कार्यक्रम रहेको छ ।
यो अध्ययन र अभियानलाई वडाका सबै टोल हरुमा पुर्याउने योजनामा रहेको वडा नं १० का अध्यक्ष नवराज भट्टराई ले बताए ।यसका अलावा वडा नं १० मा अन्य रचनात्मक र जनहितकारी कार्यक्रम तयार पारी रहेको र चाडै त्यसको घोसणा गर्ने उनले बताए। फोटो सौजन्य :देवी रेग्मी