कागेश्वरी मनोहरा नगरपालिका वडा नं १ का योजना तथा कार्यक्रमहरु

कागेश्वरी मनोहरा नगरपालिका वडा नं १ का योजना तथा कार्यक्रमहरु

कपन अनलाइन 

काठमाडौ,साउन ११।

यस वडा भित्र रहेको खानेपानीको श्रोतलाई उचित व्यवस्थापन र प्रयोग गरी वडा भरि खानेपानीको वितरण गर्ने मुख्य योजना रहेको कागेश्वरी मनोहरा नगरपालिका वडा नं १अध्यक्ष मुकुन्द प्रसाद गजुरेलले बताए ।यसका लागी पानी शुद्ध गर्ने ट्रीटमेंट प्लान्ट शिवपुरी रास्ट्रिय  निकुञ्ज भित्र र मकैचौरको आसपासमा बनाउने योजना रहेको वडाले जनाएको छ ।

वडाका सडकहरुमा ब्रम्हखेल ,सातघट्टे ,गागल ,चिसापानी र लोकतान्त्रिक सहिद मार्ग मर्मत बिस्तार र स्तरुन्नती गर्ने ,चाबहिल -साखु सडक सङ जोडिएको प्रमुख सडक बहुबर्सिय ठेक्कामा दिएकोमा पहिको खण्डको काम सुस्त गतिमा भएकालेे सडक डिभिजन कार्यलय प्रती स्थानीय आक्रोशित छन त्यसमा ध्यानाकर्षण गराउने, डाछी खण्डबाट कागेश्वोरी चक्रपथ पर्ने भएकोले यसको लागी पहल गर्ने वडाको योजना छ ।

वडाका अन्य सडकहरुमा ढकाल गाउँ ,सान्टारी ,प्वार गाउँ सडक दुधे गाउँ ,कृष्ण मन्दिर ठुलाडेख सडक अधिकारी गाउँ सडक ठाडो कृषि सडक ,ठुलाडेख गैरी गाउ  सडक ,सेरो सडक ,काभ्रे प्वार सडक , काभ्रे प्वार गाउँ सडक, पातली लाकिल्ला सडक ,कुइकेल गाउँ लगायतका अन्य सडक बनाइ कालोपत्र गर्ने योजना बनाएको अध्यक्ष गजुरेलले बताए  ।

वडा नं १ को शैक्षिक विकासको योजना तर्फ श्री सिद्धि गणेश बिद्यालयलाई कृषी प्राविधिक बिध्यालय बनाउनुका साथै बाल उद्धार मा बी ,हर्ष आधारभुत विद्यालय र मणिलिङेश्वोर आधारभुत बिधालयको शैक्षिक गुणस्तर र पुर्वाधारका लागि आवस्यक पहल गर्ने रहेको छ ।

यस वडाका सार्वजनिक जग्गाहरुको अभिलेख संकलन गरी वडा भित्र एउटा सुविधा सम्पन्न वसपार्क निर्माण गर्ने वडाले जनाएको छ । वडाका विभिन्न स्थानमा ३७ ओटा सौर्य बत्ती जडानको काम ९०प्रतिशत सम्पन्न भएको बाकी काम चाडै सक्ने योजना वडाको रहेको छ ।

जेष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ता नगर सदस्य मार्फत घरघरमै पुर्याउने र पाए नपाएको सम्पर्क गरी जानकारी लिने अध्यक्ष गजुरेलले बताए ।साथै सोच नेपाल भन्ने सस्था सङ समन्वय गरेर वडावासीको ब्यतिगत बिबरणको अभिलेख संकलन गर्ने योजनामा वडा रहेको छ ।

लक्षित वर्गको कार्यक्रम तर्फ महिला तथा युवाहरु संग समन्वय गरेर उपयोगी र रोजगार मुलक कार्यक्रमहरु संचालन गर्ने योजनामा वडा नं १ रहेको छ । यसमा बेरोजगार युवा र महिलालाई प्राथमिकता दिने वडाको योजना छ ।यसका लागी उपलव्ध पुँजी र प्रविधिको अधिकतम प्रयोग गर्ने अध्यक्ष गजुरेलले बताए ।युवाहरुलाई सकारात्मक सोचको विकास गराई रचनात्मक गतिविधिमा सक्रिय गराउने खालका कार्यक्रम बनाउने वडाको योजना रहेको छ ।

वडामा रहेको कागेश्वरी मन्दिरलाई कागेश्वरी धामको रुपमा विकास गर्ने साथै कागेश्वरी मन्दिर जाने बाटोमा सिढी खुट्किला बनाउन स्थानीय सङ पहल गर्ने वडाले बतायो । यो कार्यमा एक घर एक सिडि बनाउने अभियान सन्चालन गर्ने र कसैको स्मृतिमा स्थानीयले सिडि बनाउन चाहेमा वडावासीले बनाउन सक्ने अध्यक्ष गजुरेल ले बताए ।

वडाको कृषि योग्य जमिनको अधिकतम प्रयोग गर्न आधुनिक र बैज्ञानिक कृषि प्रणाली लागु गर्न वडामा कृषक समुह बनाई विशेष कार्यक्रम संचालन गरिने र यसका लागी तालिम र परामर्श दिने योजनामा वडा नं १ रहेको छ ।

वडामा मुस्कान सहितको सेवा प्रदान गर्न जनप्रतिनिधि र कर्मचारीलाई निर्देशन प्रदान गरी सकेको अध्यक्ष गजुरेलले कपन अनलाइन बताए ।

 

 

 

 

 

 

तपाइँको प्रतिक्रिया ।