बुढानिलकण्ठ नगरपालिका वडा नं ११ पैयाटारमा वाल उद्यान निर्माण सुरु

बुढानिलकण्ठ नगरपालिका वडा नं ११ पैयाटारमा वाल उद्यान निर्माण सुरु
कपन अनलाइन
काठमाडौ,साउन ११
बुढानिलकण्ठ नगरपालिका वडा नं ११ को पैयाटारमा वाल उद्यान निर्माण सुरु गरिएको छ।पैयाटार चिल्ड्रेन पार्क निर्माण समिती पहलमा    सन्तोषी माताको मन्दीर पश्चिममा स्थानीय इच्छाराम खड्काद्वारा मन्दीरको लागी दान गरिएको जग्गामा उक्त वाल उद्यान निर्माण गर्न लागिएको हो ।
मन्दीर नजिकै रहेको उक्त जग्गा प्रयोग बिहिन भै फोहोर फाल्ने स्थानमा परिणत भएकोले यसको संरक्षणका लागी  बहुउद्देश्यीय पार्क निर्माण थालिएको समितीका अध्यक्ष सुदर्शन के.सी.ले कपन अनलाइनलाई बताए ।
यस वाल उद्यानको पर्खाल निर्माण गर्न नगरपालिका ले ३ लाख सहयोग गरेको छ भने अमेरिका निवासी पत्रकार बिजय पौडेलले २ लाख ५० हजार सहयोग संकलन गरी पठाएका छन ।यो पार्क निर्माण सम्पन्न गर्न अझै ४ लाख रकम अपुग रहेको र यसका लागी नगरपालिकामा सहयोगको अनुरोध गरेको अध्यक्ष केसी ले बताए ।
यो उद्यान निर्माण पश्चात वाल वालिका र अन्य स्थानीयवासीलाई सेवा पुग्ने देखीन्छ  ।यो पार्कलाई बहुउदेश्यीय पार्कका रुपमा विकास गर्ने योजनामा समिति रहेको छ ।फोटो सौजन्य : सुदर्शन के.सी. 
तपाइँको प्रतिक्रिया ।