काठमाडौ महानगरपालिका वडा नं ६ का योजना तथा कार्यक्रमहरु
कपन अनलाइन
काठमाडौ,श्रावण ३ ।
काठमाडौ महानगरपालिका वडा नं ६ लाई ढल निकासको समस्या बाट पूर्णरुपमा मुक्त गर्ने विशेष योजना तय गरिएको वडा नं ६ का अध्यक्ष दिपेन्द्र लामाले बताए ।
वडाको मूल सडकहरु सडक विभाग अन्तर्गतका योजना हरुमा पर्ने भएकोले शाखा र भित्रि गल्ली सडकहरुको सुधार ,मर्मत र निर्माण मा ध्यान दिने वडा नं ६ ले जनाएको छ ।प्राथमिकतामा परेका सडकहरुमा एभरेस्ट चोक ,आमोद मार्ग,नागेश्वारीको गल्ली बाटो आदि रहेका छन ।
यस वडाको लक्षित बर्गको कार्यक्रममा आयमुलक र रोजगार मुलक योजना तथा कार्यक्रमलाई प्राथमिकतामा राखेर कार्यक्रम तयार गरिएको छ । रोजगार मुलक कार्यक्रमहरु जस्तै शिप मुलक तालिम , व्यक्तित्व विकास आदि लाई ध्यानमा राख्दै युवाहरुको नेतृत्व तथा क्षमता विकासका कार्यक्रमहरु संचालन गर्ने योजनामा वडा नं ६ रहेको छ ।
युवा लक्षित कार्यक्रममा वडामा रहेका बौद्ध फुटवल क्लव,टुसाल युवा क्लव र नमुनावस्ती युवा क्लवलाई सशक्तिकरण गर्दै विविध खेलकुद र रचनात्मक गतिविधि गर्न प्रेरित गर्ने योजनामा वडा रहेको छ । यस वर्ष देखि खेलकुदका वडा स्तरीय प्रतियोगिता पनि संचालन गर्ने योजना वडाले बनाएको छ ।
महिला लक्षित कार्यक्रम तर्फ अचार शिपमुलक तालिम संचालन गर्ने योजनामा वडा नं ६ रहेको छ जसमा सवारी चालक तालिम,जुत्ता बनाउने तालिम र अचार बनाउने तालिम आदि संचालन गरिने छ ।वडाले तालिम सम्पन्न गरेपछि त्यसको अनुगमन र मुल्याकन गर्ने विधि बनाउने वडाले जनाएको छ ।
जेष्ठ नागरिकको कार्यक्रम तर्फ महानगरले प्रदान गर्ने १२ हजार भत्ता घर घरमा पुर्याइसकेको र घरघरमा पुगेर जेष्ठ नगरीको स्वास्थ्य परिक्षण गरिएको छ भने यो कार्यक्रम निरन्तर चल्नेछ ।
वातावरण संरक्षण तर्फ “Clean the City” कार्यक्रम निरन्तर संचालन गर्दै जाने योजनामा वडा नं ६ रहेको छ ।साथै सामाजिक विकासका लागी जनचेतना मुलक कार्यक्रम र कृयाकलापलाई प्रोहोत्सान दिइने छ ।
यस वडाको सांस्कृतिक सम्पदा निकै धनी रहेको छ र यस वडामा पर्ने बौद्धनाथ क्षेत्रलाई अन्तरास्ट्रिय पर्यटकीय केन्द्र बनाउन सरकार र सम्बन्धित निकाय संग पहल सुरु गरिसकेको वडा अध्यक्ष लामाले बताए ।