गोकर्णेश्वर नगरपालिका वडा नं ८ का कार्यक्रम तथा योजनाहरु

गोकर्णेश्वर नगरपालिका वडा नं ८ का कार्यक्रम तथा योजनाहरु

कपन अनलाइन 

काठमाडौ,श्रावण २ ।

गोकर्णेश्वर  नगरपालिका  वडानं ८  मा पर्ने सार्बजनिक जग्गाहरुको अभिलेख संकलन गरी  सार्बजनिक जग्गा संरक्षण समिति बनाउने र उचित स्थान छ्नौट गरि जेष्ठ नागरिक विश्रामस्थल बाल उद्दान निर्माण गर्ने योजना रहेको गोकर्णेश्वर  नगरपालिका  वडानं ८ का  अध्यक्ष  मनोज कुमार ढुङ्गानाले कपन अनलाइन बताए ।

ढल तथा फोहोर ब्यबथापनमा बिशेष ध्यान दिइने जसअनुरुप कुहिने र नकुहिने फोहोर छुट्टयाएर त्यस्लाइ पुन प्रयोगमा ल्याउनलाई विभिन्न कार्यक्रम ल्याउन पहल गर्ने यस वडाको अर्को महत्वपूर्ण काम रहेको छ ।

सहायक मार्ग् लाई मुल मार्गमा जोड्ने ,भेनस मोडको बाटो आरुबरी जोड्ने तथा नेपाल मेडिकल कलेज बाट आरुबारी जोडिने बाटो मर्मत तथा स्तरुन्न्ती गर्ने योजना वडाको रहेको छ ।

बेरोजगार युवा ,महिला र लक्षित बर्गलाई सिपमुलक कार्यक्रम मार्फत आयआर्जनमा लगाउने योजनामा गोकर्णेश्वर  नगरपालिका  वडा नं ८ रहेको छ  ।यसका साथै तालिम दिइने र तालिम मात्र तालिममा सिमित नराखी व्यबहारमा उतार्नको लागि पहल गर्ने र तालिमलाई प्रमाणपत्रमा मात्र सिमित नगर्ने वडा अध्यक्ष ढुंगानाले बताए ।

आकाशे पानी संकलन गर्न प्रोत्साहन गर्ने र सडकमा सौर्य बत्ती जडानको योजना रहेको छ साथै प्रतीक्षालय बनाउने र उक्त प्रतीक्षालयमा निशुल्क वाइफाइको ब्यबस्था गर्ने योजना वडाले बनाएको छ  ।

वडा भित्रै स्वस्थचौकी निर्माण गरि डाक्टर सहित को २४सै घन्टा जनतालाई स्वस्थ्य सुबिधा प्रदान गर्ने दीर्घकालीन योजनामा वडा नं ८  रहेको छ ।

वडाभित्र पर्ने प्रचिन महत्वको ढुङेधाराको पुनर्निर्माण र मर्मत सम्भार गर्ने योजनावडाको  रहेको छ भने  जेष्ठ नागरिकको सम्मान गर्ने योजना पनि वडाले बनाएको छ  ।

तपाइँको प्रतिक्रिया ।