बुढानिलकण्ठ नगरपालिकाले नगरसभाको दोश्रो सत्रमा पेश्की बिधेयक ल्यायो

कपन अनलाइन

काठमाडौ,श्रावण १ ।

बुढानिलकण्ठ नगरसभाको दोश्रो सत्र असार ३१ गते सम्पन्न भएको छ। बुनपा ८ नं वडा कार्यालयको हलमा भएको कार्यक्रममा नगरपालिकाको सञ्चालनको लागी आवश्यक ऐन तथा विधेयक माथी छलफल भएको थियो ।

बुदनिल्कण्ठ नगरपालिकाले श्रावण १ गते देखी खर्च गर्नको लागी पेश्की बिधेयक ल्याएको छ। यसले नगरपालिकालाई एक तिहाई खर्च गर्नको लागी बाटो खुलेको छ।

सो  बैठकबाट आर्थिक ऐन, विनियोजन एेन, नगर सभा सञ्चालन विधेयक, नगर कार्यपालिका कार्यसम्पादन नियमावलि, बैठक सञ्चालन नियमावली पनि पारित गरिएको हो।

असार २९ गते सम्पन्न नगर सभाको प्रथम सत्रले आर्थिक वर्ष २०७४/२०७५ को लागी अनुमानित ७० करोड ९७ लाख ८६ हजार ६ सय ९० रुपैया को बजेट प्रस्ताव गरेको थियो ।

तपाइँको प्रतिक्रिया ।