२५ लाख खर्च गरेर आफ्नो क्षेत्रमा सोलार बत्ती बाल्दै गगन थापा
कपन अनलाइन
काठमाडौँ ,असार २८ ।
काठमाडौ क्षेत्र नं ४ का सांसद गगन थापाको निर्वाचन क्षेत्र सांसद विकाश कोष र निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तर्गत क्षेत्र नं ४ का विभिन्न स्थानहरूमा सोलार बत्ती जडान गरिएको छ । क्षेत्र नं ४ का सांसद गगन थापाको सांसद विकास कोष र निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तर्गत को २५ लाख रकम यो योजनामा खर्च गरिएको हो ।
यस योजनालाई विनियोजित कुल २५ लाख मध्य क्षेत्रनं ४ का विभिन्न वडाहरुमा १५ लाख रकम बराबरको सोलार बत्ति जडान गरिएको छ।यस मध्य १० लाख बुनपा ८ का गोल्फुटार सुन्दरवस्ती लगायतका स्थानमा खर्च गरिएको छ ।
यस बाहेक काठमाडौं महा नगरपालिका वडा नं ८ र बुनपा वडा नं १ लाई छुटै १० विनियोजन गरि काम सम्पन्न गरिएको छ । यो योजना जिल्ला विकास समिति बाट टेन्डर आह्वान गरि संचालन गरिएको हो ।
यस योजना अन्तर्गत ,बुनपा १३ को कौडोल ,बुनपा १० ,११ र १२ (साबिक कपन ) ,चाबहिल र हिटी पोखरी लगायतका स्थानमा सोलार बत्ती जडान गरिएको छ ।
काठमाडौ क्षेत्र नं ४ का सांसद गगन थापाको निर्वाचन क्षेत्र सांसद विकाश कोष र निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तर्गत क्षेत्र नं ४ का विभिन्न स्थानहरूमा सोलार बत्ती जडान गरिएको छ । क्षेत्र नं ४ का सांसद गगन थापाको सांसद विकास कोष र निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तर्गत को २५ लाख रकम यो योजनामा खर्च गरिएको हो ।
यस योजनालाई विनियोजित कुल २५ लाख मध्य क्षेत्रनं ४ का विभिन्न वडाहरुमा १५ लाख रकम बराबरको सोलार बत्ति जडान गरिएको छ।यस मध्य १० लाख बुनपा ८ का गोल्फुटार सुन्दरवस्ती लगायतका स्थानमा खर्च गरिएको छ ।
यस बाहेक काठमाडौं महा नगरपालिका वडा नं ८ र बुनपा वडा नं १ लाई छुटै १० विनियोजन गरि काम सम्पन्न गरिएको छ । यो योजना जिल्ला विकास समितिबाट टेन्डर आह्वान गरि संचालन गरिएको हो ।