कपनमा सिताराम गोकुल मिल्कको दुधमा बोसो गन्हायो ।
कपन अनलाइनदूध तथा दुग्धजन्य पदार्थमा अखाद्य पदार्थ मिसावट गरेर विक्रि वितरण गरिएको घटना एकपछि अर्काे दोहोरिन थालेको छ । सरकारी दुध वितरक डिडिसिदेखि भर्खरै यस व्यवसायमा आएका सबैले दुधमा विभिन्न अखाद्य पदार्थ हालेर बिक्री गर्न थालेपछि दूधप्रति उपभोक्ताको सकारात्मक दृष्टिकोण गुम्न थालेको अवस्थामा आज विहानै कपनमा बेचिएको करिब ५० क्रेट सिताराम गोकुल मिल्कको स्टाण्डर्ड दुध गन्हाउने अवस्थामा भेटिएको छ । दूधमा बोसोजस्तो गन्हाएपछि कपनका धेरै उपभोक्ताहरु दुध वितरक कहाँ तताएको दूध लिएर जाँदै थिए । दूध गन्हाउने भएपछि सिताराम दुधका उपभोक्ता चियापसलहरु पनि बन्द भएका छन् ।
दूधलाई बाक्लो र नफाट्ने बनाउन साबुनमा प्रयोग हुने कास्टिक सोडा मिसाइएको फेला परेको घटना विगतमा पनि पटक पटक सार्वजनिक भए पनि त्यस्तो काममा संलग्न हुनेहरूविरुद्ध कुनै कारबाही भएको छैन ।
आज कपनको १ र ३ नं. मा भेटिएको यो घटनालाई लिएर कपन अनलाइनले सिताराम गोकुल मिल्कको आधिकारिक कार्यालयमा सम्पर्क गर्दा सेल्स मेनेजर ससिन लामाले कमजोरी भएको स्वीकार्दै आजको दूध खरिदकर्ता सबैलाई पैसा फिर्ता दिइने जनाए ।
तपाइँको प्रतिक्रिया ।