आगलागी पीडितलाई युकेबाट रु चार लाख
कपन अनलाइन
भोजपुर, २० असार । भोजपुर नगरपालिका–१० भैँसीपङ्खाका आगलागी पीडितलाई रु चार लाख १५ हजार आर्थिक सहयोग प्राप्त भएको छ । भँैसीपङ्खामै जन्म लिई बेलायतमा बसोबास गर्ने नेपालीले एकमुष्ट आर्थिक सहयोग पठाएका हुन् । युकेमा सङ्कलित रकम सोही समाजका सदस्य डा भक्त राईले सोमबार क्षतिको आधारमा पीडित परिवारलाई वितरण गर्नुभएको हो ।
२०७३ फागुन २० गते भोजपुरको भैँसीपङ्खामा आगलागी हुँदा पाँच घरमा क्षति पुगेको थियो । रासस
तपाइँको प्रतिक्रिया ।