लागुऔषधसहित भारतीय नागरिक पक्राउ
कपन अनलाइन
काठमाडौँ, १९ असार । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले आज बिहानै लागुऔषध
सहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
प्रभागले वीरगन्जबाट काठमाडौँ आउँदै गरेको ना ६ ख १५३५ नम्बरको यात्रुबाहक बसमा झोलाभित्र लुकाएर ल्याएको अवस्थामा आज बिहान ६.१५ बजे चेकपोस्टबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भारत मोतीयारी घर भएका १९ वर्षीय फुल महमद अन्सारी रहेका छन् । प्रभागका प्रमुख एवम् प्रहरी निरीक्षक ऋषिराम घर्तीमगरले अन्सारीको साथबाट २५० एम्पुल डाइजेल्याब, १६९ एम्पुल फेनार्गन र १५० एम्पुल नुर्फिन बरामद गरिएको जानकारी दिनुभयो ।
पक्राउ परेका अन्सारीबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । रासस
तपाइँको प्रतिक्रिया ।